मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

Ujyalosandeshonline 11171+ समाचार ( )
११ जेठ २०८२, शनिबार

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच जारी रहेको पाइएको छ । स्पिड लेजर गनमार्फत प्रहरीले सवारी जाँचलाई निरन्तरता दिएको हो । ट्राफिक प्रहरीको लुकीछिपी चेकजाँचकै क्रममा २०८१ साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाका उत्तम कोइरालाको ज्यान गएपछि चर्को आलोचना खेपेको प्रहरीले सोही किसिमको चेकजाँच दोहोर्याएको हो ।

विशेषगरी भक्तपुर क्षेत्र वरपर यस्तो अवैज्ञानिक एव अव्यवहारिक ट्राफिक जाँचका कारण सवारी दुर्घटनाको संख्या दिनानुदिन बढ्दो छ । यस्तै किसिमको स्पिड लेजर गनमार्फत चेकजाँच शनिबार काठमाडौंको ग्वार्को–वालकुमारी क्षेत्रमा देखिएको थियो ।

साँघुरो सडक, अस्तव्यस्त सवारी, अव्यवस्थित ट्राफिक व्यवस्थापन र सवारी चालकबीचको चेतना अभाव यसअघि पनि दुर्घटनाका मुख्य कारण मानिँदै आएका थिए । यसैविचमा लुकिछिपी ट्राफिक चेकजाँचले दुर्घटना निम्ताइरहेको पाइएको छ ।

‘ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ तर लुकेर स्पिड जाँच गर्ने सिलसिलामा दुर्घटना निम्ताउन पाइँदैन् । अव्यवहारिक र अवैज्ञानिक चेकजाँच गर्नु भएन्,’काठमाडौं जोरपाटीका दिनेश बाँस्कोटाले भने ।ओखलढुंगाका कोइरालाले ज्यान गुमाएको घटनापछि जनस्तरबाट उठेको चर्को आलोचना र दबाबका कारण उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टाछुट्टै दुईवटा छानबिन समिति गठन गर्नुपर्योछ ।

अस्थायी रूपमा ट्राफिक प्रहरीले लुकिछिपी चेकजाँच रोकेको थियो । तर, नेपाली ब्यवस्थामा नीतिगत सुधार नहुनु, कानुनको कमजोरी र जिम्मेवार निकायको संवेदनहीनताले गर्दा अवस्था फेरि पुरानै शैलीमा फर्किएको छ । सडकमा जुनसुकै बेला र जुनसुकै ठाउँमा ट्राफिकको चेकजाँच, त्यो पनि गुपचुप तरिकाले हुनु भनेको ट्राफिक सुरक्षाको नाममा दुर्घटना निम्ताउनु रहेको बाँस्कोटाको भनाइ छ ।नेपालमा विश्व स्मार्ट ट्राफिक प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल निगरानीमा अघि बढिसकेको छ । तर नेपालमा अझै पनि ट्राफिक चेकिङ प्रक्रिया परम्परागत शैलीमै रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार