मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |
मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |


इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Ujyalosandeshonline 12430+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष दुर्गा प्रसाद रायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो । उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।

अख्तियारले सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर यादव, तत्कालीन लेखापाल शिव कुमार झा र उक्त पालिकाकाका पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैता १४ लाख ७७ हजार ५ सय बिगो माग गरेको छ ।

त्यस्तै, सबैला नगरपालिका वडा नं. ८  का तत्कालीन वडा अध्यक्ष रायलाई १४ लाख ७७ हजार ५ सय, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजुकुमारी यादवलाई १४ लाख ७७ हजार ५ सय र तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरको श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुरको नाममा पनि १४ लाख ७७ हजार ५ सय नै जरिवाना गर्न भनेको छ । सबैला नगरपालिकाले आ.व. २०७७÷०७८ मा कृषि प्रबद्र्बन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ ।

कृषि उपकरण खरिद र किसानलाई बासमती धानको वीउ वितरण कार्यक्रममा किसानलाई धानको वीउ वितरण नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाले आ.व. २०७७÷०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यवसायीक कृषि उत्पादन पकेट विकास कार्यक्रम संचालन गर्नको लागि १५ लाख विनियोजन गरेकोमा नगरपालिकाले राष्ट्रिय दैनिक लगायतका कुनै पनि पत्र पत्रिकामा सूचना प्रकाशित गरेको नदेखिएको दाबी गरिएको छ ।

राष्ट्रसेवक कर्मचारी र उक्त संस्थाका अध्यक्षसमेतले मिलेमतोमा कोभिड १९ को कारण देखाई अर्चना सहकारी संस्था लिमिटेड सबैला धनुषाको १ मात्र निवेदन पर्न आएको भनी नगरपालिकाको वडा नं. ३, ७ र ८ मा उक्त कार्यक्रम संचालन गर्न भ्याटसहित जम्मा १५ लाखमा अर्चना सहकारी संस्था लिमिटेड र नगरपालिका बीच मिति २०७८ । ०२ । ०५ गते सम्झौता गरी उक्त संस्थासँग सम्झौता गरेपनि सबैला नगरपालिकाबाट बयर बोका, पाठी, खसी र च्यापकहर माग फारम, दाखिला रिपोर्ट झुट्टा तयार गरी उक्त कार्यक्रममा उल्लिखित पाठी, बोका, खसी, च्यापकहर लगायतका सामान वडा नं. ८ का तत्कालीन वडाध्यक्षले बुझेको भरपाईबाट देखिएको अख्तियारले जनाएको छ ।  

अर्चना कृषि सहकारी संस्थाले खरिद गरेको भनिएका बोका, पाठी र डाले घाँस (खसी) कसलाई वितरण गरिएको हो भन्ने स्पष्ट विवरण नभएको, कार्यक्रम संचालन गर्ने अर्चना कृषि सहकारी संस्थाले राधा कृषि फर्मबाट खरिद गरेको भनेको बोका, पाठी र डाले घाँस उक्त संस्थाका संचालकले आफूले मिति २०७८ । ०३ । २० गते जारी भएको बिलमा उल्लेख भए बमोजिम बोका, पाठी र डाले घाँस नबेचेको साथै आन्तरिक राजस्व कार्यालय जनकपुरको मिति २०८२ । ०१ । २४ गतेको पत्र अनुसार आ.ब. २०७७ । ०७८ मा राधा कृषि फार्मले कुनै कारोबार नगरेको भनी उल्लेख भई आएको देखिँदा मिलोमतोमा झुट्टा विल भरपाई र गलत कागजात तयार गरी १४ लाख ७७ हजार ५ सय हिनामिना गरेको पुष्टि भएकाले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार