मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

कृषि क्षेत्रको विकासका लागि नयाँ कार्यविधि

Ujyalosandeshonline 12673+ समाचार ( )
१३ पौष २०८२, आइतबार

काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकास र विस्तार गरी व्यवसायीक बनाउने उद्देश्यका साथ ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पश्ुपन्छी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग गर्नेछ । मह, मौरीजन्य उत्पादन र च्याउको उपयोगिता तथा फाइदासम्बन्धी सूचना प्रवाह गरी आन्तरिक र अन्तर्राष्ट्रिय र आन्तरिक बजार विस्तारमा योगदान पु¥याउने उद्देश्य कार्यक्रमको छ । 

मौरीपालन तथा च्याउखेती समबन्धी व्यवसायिक, वैज्ञानिक एवम् नवीनतम प्रविधि तथा सूचनाको आदानप्रदान गर्न योगदान पु¥याउनेछ । मौरी मूल्य श्रृखला र च्याउखेतीमा आवद्ध कृषक, व्यवसायी, सेवाग्राही, सेवाप्रदायकलगायत सरोकारवालबीच व्यवसाइिक सम्बन्ध एवम् सहकार्य स्थापना गर्न सहयोग पुग्नेछ । नेपालमा उत्पादित विभिन्न प्रकारका मह तथा मौरीजन्य उत्पादनको प्रदर्शन र बिक्री वितरण गरिनेछ । मौरीपालनसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया गरिनेछ । राष्ट्रिय मह मेला सञ्चालन गरिनेछ । 

राष्ट्रिय मह मेला व्यवसायिक कीट विकास केन्द्र, नेपाल मौरीपालक महासंघ र नेपाल मौरीपालक केन्द्रीय सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा मह मेला सञ्चालन गरिनेछ । त्यस्तै, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ । खाद्यान्न, तेलहन, रैथानेलगायतका बालीको उत्पादन प्रवद्र्धन, बीउ संरक्षण तथा उत्पादन, कृषि जैविक विविधता संरक्षण तथा प्रवद्र्धन एवम् फार्म केन्द्रको संस्थागत सुदृढीकरण यस कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्ने, लाभग्राही छनौट गर्ने र सम्झौता गरिनेछ ।कार्यक्रमअन्तर्गत कृषक, कृषक समूह वा सहकारी, सामुदायिक बिउ बैंक वा अन्य संस्थालाई अनुदान सहयोग उपलब्ध गराएनेछ । फार्म केन्दहरु मार्फत फार्म बाहिरका स्थानमा उन्नत बिउ उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो कार्यविधि यही पुसदेखि कार्यान्वयनमा आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार