मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कृष्णनगर भन्सारले छाडेको ट्रक प्रहरीले समात्यो

Ujyalosandeshonline 12431+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

कपिलवस्तु । कपिलवस्तु जिल्लास्थित कृष्णनगर भन्सार कार्यालयले जाँचपास गरेर छाडेको ट्रक प्रहरीले नियन्त्रण्मा लिएको छ । भन्सार कार्यालयले जाँचपास गरेर जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित भन्दा बढी सामग्री फेला परेपछि प्रहरीले युपी ३२ एन ००६९ नम्बर मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं डीएसपी मोहनमणि अधिकारीका अनुसार प्रज्ञापन पत्रमा उल्लेखित भन्दा ट्रकमा २० कार्टुनमा करिब ३ क्विन्टल बढी अंगुर बरामद भएपछि गाडी नियन्त्रणमा लिइएको हो। उक्त ट्रक काठमाडौंतर्फ जाँदै थियो ।

भन्सार कार्यालयले जारी गरेको प्रज्ञापन पत्र अनुसार ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दर राजस्व लिइएको छ । तर, ट्रकमा ६२० कार्टुन अंगुर बरामद भएको छ। बरामद कागजपत्र अनुसार उक्त फलफुल भारतको नासिकबाट गणपति फ्रुट सप्लायर्सले काठमाडौँ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको देखिएको छ। विगत देखि नै कृष्णनगर भन्सार कार्यालय र भन्सार एजेण्टको मिलोमतोमा राजस्व छली हुँदै आएको छ। यस नाकाबाट दैनिक १५० बढी मालवाहक ट्रक भित्रिने गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार