मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

कांग्रेसले आज पनि संसद् अवरोध गर्ने

Ujyalosandeshonline 11566+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने भएको छ । सहकारी ठगीका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले छानविन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो ।

सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखकारुपमा कार्य गर्न नमिल्ने भनेको छ । कांग्रेसकै मागबमोजिम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जवाफ दिएपनि कांग्रेसले अडान छोडेको छैन । 

सहकारी ठगीका विषयमा संसदीय छानविन समिति गठन नभएसम्म संसद् चल्न नदिने कांग्रेस सांसद रामहति खतिवडाले बताए । ‘कुनै पनि आरोप लागेको व्यक्ति त्यस्तो अपराध अनुसन्धान गर्ने निकायको प्रमुख बन्न सक्दैन, मिल्दैन । उहाँहरूको जवाफ चित्तबुझ्दो छैन,’ सांसद खतिवडाले भने, ‘रवि लामिछानेमाथि मात्रै होइन, समग्र सहकारीमा भइरहेको ठगीका विषयमा छानविन गर्ने संसदीय छानविन समिति बनाउनुपर्छ, त्यस्तो छानविन समिति नबनेसम्म संसद् चल्न सक्दैन । हामीले संसद् कसरी चलाउने भन्ने जिम्मेवारी सत्तापक्षलाई सुम्पेका छौँ ।’

उनले निदोष व्यक्ति कुनै पनि छानविनबाट भाग्नुपर्ने अवस्था नरहेको बताए । ‘बास्तवमा यो रास्वपाले लिएर आउनुपर्ने माग हो । अहिले त हामीले राखिदिएका छौँ । हिजो उहाँहरूले आरोेपमात्रै लगाउनुभयो, छानविनको हिम्मत गर्नुभएन,’ उनले भने, ‘हामीले त उहाँहरुमाथि लागेको आरोपलाई दुधको दुध, पानीको पानी छुट्याउन छानविन गरौँ भनिरहेका छौँ ।’

यदि गृहमन्त्री लामिछाने सहकारी ठगीमा निर्दोष हो भने छानविनबाट डराएर भाग्नुनपर्ने उनको भनाइ छ । 

गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको पैसा अपचलन गरेको विषयमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । तत्कालै लामिछानेले आफूले त्यस्तो ऋण नलिएको दाबी गरेका थिए । तर छानविन प्रतिवेदनहरूले भने लामिछानेले सहकारीको पैसा अपचलन गरेको प्रष्टसँग औंल्याएका छन् । 

मंगलबारै प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय छानविन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानविन नथालेसम्म संसद् चल्न नदिने बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार