मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

जनकपुरमा विशाल भण्डारा आयोजना गरिंदै, पाँच लाख मानिस आउने

Ujyalosandeshonline 12444+ समाचार ( )
१९ माघ २०८१, शनिबार

जनकपुर । कबीरजी निर्वाण दिवस एवम जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको वोध दिवसका अवसर पारेर जनकपुरमा विशाल भण्डारा आयोजना हुने भएको छ । यही माघ २४ गतेदेखि २६ गतेसम्म पूर्ण ब्रह्म कवीरदेव साहेबजीको निर्वाण दिवसका अवसरमा विशाल भण्डारा आयोजना गर्न लागिएको हो । 

पूर्ण ब्रहाम कबिर बाचक समाजको आयोजनामा  यही माघ २४ देखि २६ गतेसम्म निर्वाण दिवस तथा फागुन ३ गतेदेखि ५ गतेसम्म सन्त रामपालजी महाराजको बोध दिवसको पावन अवसरमा सतलोक आश्रम नेपाल, धनुषा धाम, जनकपुरमा विशाल निःशुल्क भण्डारा हुन लागेको हो ।

उक्त अवसरमा सन्त गरिबदासजी महाराजका अमरवाणीको पाठ, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्र दीक्षा एवं आध्यात्मिक प्रदर्शनीलगायतका सामाजिक कार्यक्रमहरू आयोजना गरिएको पूर्णब्रह्म कबीर उपासक समाजका अध्यक्ष कुमार डंगालले जानकारी दिए । कार्यक्रममिथिला नगरपालिका– बेलाचापी सतलोक आश्रममा हुन लागेको उनले जानकारी दिए । 

उनले  भने, ‘पूर्ण ब्रह्म कवीरदेव साहेबजीको स्मरणका निर्वाण दिवस हुन लागेको हो । सन्त रामपालजी महाराजको बोध दिवसको पावन अवसरमा सतलोक आश्रम नेपाल, धनुषा धाम, जनकपुरमा विशाल निःशुल्क भण्डारा हुन लागेको छ । कार्यक्रम सन्त गरिबदासजी महाराजका अमरवाणीको पाठ प्रकाश, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्र दीक्षा एवं आध्यात्मिक प्रदर्शनी, आदि जस्ता धार्मिक तथा सामाजिक कार्यक्रमहरू हुनेछन् ।’

साथै उनले निर्माण दिवसको महत्व आफैंमा महत्वपूर्ण रहेको बताए । उनले पूर्ण ब्रह्म कवीरदेव साहेबजीको स्मरणको लागि प्रत्येक वर्ष यस्ता कार्यक्रमहरु आयोजना हुने गरेको बताए ।

कार्यक्रमको मुख्य उदेश्य सद्भक्ति प्रदान गरी विश्वलाई मोक्ष प्रदान गर्नुका साथै जीव हिंसा अन्त्य, समाजमा भ्रष्टाचार, छुवाछुत र भेदभावको अन्त्य गर्नुका साथै समाजमा व्याप्त दाइजो प्रथाको अन्त्य गर्नु रहेको सन्त रामपालजी महराजका अनुयायी आमराज ढकालले बताए । कार्यक्रममा विभिन्न देशका पाँच लाख भन्दा बढी मानिस सहभागी हुने समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार