भैरहवा । रुपन्देही क्षेत्र नम्बर १ स्थित रोहिणी गाउँपालिकाको रामनरेश माध्यमिक विद्यालयमा कृषि मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य कन्हैया बनिया, प्रतिनिधिसभा सदस्य ज्ञानु पौडेल, जिल्ला सचिव ज्ञानेन्द्र पाण्डेय, मन्त्री सुनिल लम्सालको सचिवालयका तर्फबाट जितेन्द्र यादवका साथै राष्ट्रिय स्वतन्त्र पार्टी रोहिणीका नेता-कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र जनसमुदायको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय जनताका समस्या, गुनासा तथा सुझावहरू प्रत्यक्ष रूपमा सुनिएको थियो। नागरिकका समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। आयोजकका तर्फबाट कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदाय, सहयोगी मित्रहरू तथा शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गरिएको छ।