मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

काठमाडौँ । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छन् । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने भएकी हुन् ।

उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् ।  आयोजक मानव सेवा फाउण्डेसनका अनुसार दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले आज आइतबार र भोली सोमबार गरेर अझै दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्नेछन् । दुई दिनको बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो।

कथा बाचनका लागि नेपाल आएकी उनलाई गृह जिल्ला काभ्रेको पनौती नगरपालिकामा भव्य स्वागत र सम्मान गरिएको थियो । शनिबार काभ्रे सेवा समाज र पनौती नगरपालिकाले उनलाई पनौतीमा आयोजित एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेका हुन् । उनका लागि खटिएका आठ सुरक्षा गार्डको विषयलाई लिएर नेपालमा टिकाटिप्पणी भइरहेको छ । 

ऐतिहासिक श्री पशुपति कोटिहोम धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं १०८ श्रीमद्भागवत संकट मोचन (दुःख निवारण) शिव महापुराण धनधान्याचल श्री रामायण कथा मासिक पितृ उद्धार तथा मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थ सँगसँगै आश्रमहरूको सर्वाङ्गीण विकासका लागि उक्त ज्ञान महायज्ञ आयोजना गरिएको फाउण्डेशनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार