मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पश्चगामी शक्तिहरू, संघीयता र गणतन्त्र विरोधीले अजवलालको स्मारक तोडे

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मद्येश प्रदेशले सहिद अजवलाल यादवको स्मारक तोडफोड गरेको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेकपा मद्येश प्रदेश इन्चार्ज अनिल सीले बिहीबार विज्ञप्ति जारी गर्दै पश्चगामी, संघीयता र गणतन्त्र विरोधी शक्तिले स्मारक तोडफोड गरेको भन्दै आपत्ति जनाएका हुन् ।  

‘धनुषा जिल्ला, धनुषाधाम नगरपालिका–३ को धनुषाधाम बजारमा रहेको महान् सहिद अजबलाल यादवको स्मृतिमा बनेको स्मारक भदौ २५ गते विहान तोडफोड गरिएको छ र त्यस घटनाले सम्पूर्ण परिवर्तनगामी र अग्रगामी शक्तिलाई मर्माहत बनाएको छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘आज देशमा आएको गणतन्त्र, संघीयता र अभिव्यक्ति स्वतन्त्रता तथा सडकमा उत्रिन पाउने अधिकार र चेतना अजबलालसहितका सहिदको बलिदानले प्राप्त भएको हो । त्यसकारण सहिदको अपमान पश्चगामी शक्तिहरू, संघीयता र गणतन्त्र विरोधीहरूले मात्र गर्न सक्छन ।’

उनले नेपाली काग्रेसका कार्यकर्ताले शालिक तोडेको भन्दै कांग्रेस जिल्ला पार्टीसँग यसको जवाफ मागसमेत गरेका छन् । ‘यस्तो घृणित कार्यमा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताको नेतृत्व नै संलग्न रहेकोले धनुषा कांग्रेस पार्टीलाई सोबारे स्पष्ट पार्न माग गर्दछौं । प्रतिगामी शक्तिका विरुद्ध संघर्षमा सहकार्यमा आउन सबैमा अपिलसहित सहिदप्रति अपमान गर्ने र जनताको हुर्मत लिने उक्त घटनाको निन्दा गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार