मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नु आवश्यक छः उद्योगमन्त्री कुमारी

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ भाद्र २०८३, बुधवार

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले निगमले पटक–पटक पत्राचार गरे पनि ग्यास उद्योगबाट आवश्यक सहयोग नपाएको गुनासो गर्दै आपूर्ति सहज बनाउन समितिले आवश्यक निर्देशन दिनसमेत आग्रह गर्नुभयो ।

“हाम्रो देशमा बढीमा दुईवटा ग्यास उद्योग चाहिएको छ । सबै खारेज गर्नुपर्छ,” उहाँले भन्नुभयो, “आयल निगमले आफ्नो मातहतमा एउटा ग्यास उद्योग खोल्नैपर्छ ।” नेपालमा ५८ वटा ग्यास उद्योग रहे पनि तीमध्ये एउटा पनि निगमको मातहतमा नरहेको र उद्योगीहरूलाई आपूर्ति सहज बनाउन पटक–पटक आग्रह गरे पनि त्यसबाट अपेक्षित परिणाम नआएको उहाँको भनाइ थियो ।

“५८ वटा ग्यास उद्योगले तीन–तीन हजारका दरले हरेक दिन काठमाडौँमा सिलिन्डर पठाइदिएको भए आज यो स्थिति आउने थिएन”,  उहाँले भन्नुभयो, “तर कसैले पठाइदिँदैन ।  हिजो पनि ४८ हजार सिलिन्डर काठमाडौँको लागि त्यहाँबाट हिँडेको छ । तर १९ हजारभन्दा बढी  गएको छैन । कहाँ गयो त्यो सिलिन्डर ? कसैलाई केहि थाहा छैन । माग्यो भने दिँदैन ।” उहाँले तेल, ग्यास, लुगा, खाद्यान्न र चिनी गरी पाँच वस्तुमा नेपाल आत्मनिर्भर हुनैपर्ने धारणा राख्नुभयो ।

मन्त्री कुमारीले ग्यास उद्योगसम्बन्धी कानुन निर्माण तथा संशोधनमा कर्मचारीतन्त्रबाट सहयोग नपाएको गुनासोसमेत गर्नुभयो । उहाँले उद्योगीहरूको हितअनुकूल बनेका नियम तथा कानुन परिवर्तन गर्न खोज्दा कर्मचारीबाट ‘मिल्दैन’ भन्ने जवाफ आउने गरेको बताउनुभयो ।

उहाँले उद्योग खोल्ने वातावरण बनाउन कच्चा पदार्थको भन्सार छुटलगायत विषयमा सुधार आवश्यक रहेको बताउनुभयो । तयारी वस्तु आयात सस्तो हुने तर कच्चा पदार्थ ल्याएर नेपालमा उत्पादन गर्दा महँगो पर्ने अवस्थाले उद्योगधन्दा खोल्ने वातावरण नबनेको उहाँको भनाइ थियो । उहाँले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन तथा कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन तीव्र पारिएको जानकारी समितिलाई दिनुभयो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका ४४ जिल्लाका १९३ स्थानबाट नेपाल फुड्स ब्रान्डको खाद्यान्न बिक्री मूल्यमा प्रतिकिलो रु पाँच छुट दिने घोषणा गरिएको बताउनुभयो ।

चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत २२ हजार ५०० मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत दुई हजार ५०० मेट्रिक टन गरी कूल २५ हजार मेट्रिक टन चिनी आगामी असोज २० गतेसम्म एक प्रतिशत भन्सार महसुलमा आयात गर्ने स्वीकृति मन्त्रिपरिषद्बाट प्राप्त भएको पनि उहाँले स्मरण गराउनुभयो । उहाँका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट चिनी प्रतिकिलो १०९ रूपैयाँ र साल्ट ट्रेडिङबाट रु १०५ सम्ममा बिक्री भइरहेको छ । बजारमा चिनीको मूल्य रु १५० भन्दा कम नरहेको उल्लेख गर्दै उहाँले तोकिएको मूल्यभन्दा बढीमा बिक्री भए कारबाही हुने बताउनुभयो ।

यस्तै, समितिका सभापति रहबर अन्सारीले चिनीकोे मूल्य बढेको भन्दै मन्त्रालयसँग प्रश्न गर्नुभयो । उहाँले समयमै थाइल्याण्ड, ब्राजिललगायत मुलुकबाट ५०–६० हजार मेट्रिक टन चिनी आयात गरिएको भए अहिलेको अवस्था नआउने बताउनुभयो । सभापति अन्सारीले सरकारी निकायले सफ्टवेयर खरिद गर्दा अनावश्यक रूपमा महँगो मूल्य तिर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले अन्तरराष्ट्रिय र राष्ट्रिय कार्यालयसँग जोडिएको अध्यागमनको सफ्टवेयर कति लागतमा निर्माण भएको हो भन्नेबारे अध्ययन गर्नसमेत आग्रह गर्नुभयो । उपभोक्ता हित, कार्टेलिङ र कालोबजारी नियन्त्रणका लागि पर्याप्त कानुन नभए नयाँ कानुन निर्माण गर्न तथा आवश्यक कानुन संशोधन गर्न उहाँले मन्त्रालयलाई आग्रह गर्नुभयो । सभापति अन्सारीले ग्यासको अनुगमन र कारबाही गर्दा वास्तविक अवस्था बुझेर मात्र ‘एक्सन’ लिनुपर्नेमा समेत ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार