मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सालको गोलिया काठ सहित स्कारपियो गाडी गस्ती टोलीको नियन्त्रणमा

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

रौतहट । रौतहट वनगस्ती टोलीले सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको एम एच ०४ डि बि ६३५३ स्कारपियो गाडीमा लोड गरिएको अवस्थामा गस्ती टोलीले बरामद गरेको हो । डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत बिनोद जेठरा र जमदार उपेन्द्र यादव सहितको गस्ती टोलीले नियमित अनुगमनका क्रममा गएराती सो गाडीलाई नियन्त्रणमा लिएको छ । 

डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत बिनोद जेठराका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ को  भसेढवा नजिकबाट सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिइएको हो । गुजरा नगरपालिकाको सिम्री बन क्षेत्रबाट सब डिभिजन बन कार्यालय जगलसैयाको सडक हुदै लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

वनगस्ती टोलीलाई देख्न साथ गाडीका चालक भागेको उनले बताए । भारतीय नम्बर प्लेटको गाडीमा लोड गरिएको काठको स्रोत तथा कागजातबारे कुनै वैध प्रमाण नभएको उनले उल्लेख गरेका छन । चार थान गोलिया बरामद भएको र  काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी कार्य भैरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार