मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आन्दोलनका क्रममा क्षतिग्रस्त भवन मर्मतमा जुटे रौतहटका युवा

Ujyalosandeshonline 12431+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

रौतहट । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति पुगेको भवन मर्मतमा रौतहटका युवाहरु जुटेका छन् । चन्द्रपुरमा रहेका सचेत तथा अगुवा युवाहरुको समुहले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन सरसफाई तथा मर्मतमा सक्रिय भएका हुन् ।  

केहि दिन अघि आन्दोलनकारीद्वारा गरिएको आगलागीले भवनको भौतिक संरचना क्षति पुगेको छ भने अधिकांश फर्निचर जलेर नष्ट भएका छन् । अहिले भवनभित्र जलेका सामानहरु निकालेर  सरसफाइ गरिएको युवा अगुवा सुमन गौतमले बताए । उनका अनुसार करिब दुई साता भित्रमा भवन बस्नयोग्य बनाएर प्रहरीलाई नै हस्तान्तरण गर्ने योजना छ । यसका लागि यहाँ युवाहरुले निःशुल्क श्रमदान र केही ब्यक्तीहरुले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।

अहिलेसम्म करीब एक लाख नगद तथा फर्निचर र बिजुली वायरिङ सहितका सामान सहयोग पाइएको उनले बताए । यहाँका बासिन्दाको साथ सहयोग भएमा दशैंअघि नै भवन मर्मतको कार्य सकिने उनले बताए । आर्थिक सहयोग तथा जनश्रमदान गर्न आम नागरिकलाई उनले आह्वानसमेत गरेका छन् । सफाइमा जुटेका शिवशंकर चौलागाईले भने,‘जलेको भवन मर्मत गरेर प्रहरीलाई पुनः स्थापित गर्नु नागरिकको दायित्व हो, त्यसैले हामी युवाहरु लागेका हौं ।’ 

भवन अभावका कारण प्रहरीले नियमित कामकाज तथा सुरक्षा व्यवस्थामा कठिनाइ भएको छ । आन्दोलनका क्रममा कार्यालयभित्र रहेका मोटरसाइकल, भ्यानलगायतका सामग्री जलाइएका थियो । जेनजी आन्दोलनको क्रममा चन्द्रपुर नगरपालिका ,डिभिजन वन कार्यलय , ट्राफिक भवन , सडक डिभिजन लगायतका कार्यलयमा अगाजनी हुदा महत्त्वपूर्ण कागजपत्र समेत जलेर नष्ट भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार