मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गैंडाकोट नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार

Ujyalosandeshonline 12431+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको छ । प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालकाे कार्य सम्पादन कारण उकृष्ठ हुन महत्त्वपूर्ण याेगदान दिएकाे हाे । नेपाल नगरपालिका संघको ३२ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा विहिबार आयोजित एक भव्य कार्यक्रममा गैँडाकोट नगरपालिकालाई सम्मान गरिएको हो प्रधानमन्त्री केपी शर्मा (ओली) ले राजधानीको सोल्टी होटलमा आयोजित विशेष समारोहमा गैँडाकोट नगरपालिकालाई सम्मानपत्रले उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गर्नुभएको हो ।

गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले संयुक्तरुपमा पुरस्कार ग्रहण गर्नुभएको गैँडाकोट नगरपालिकाले जनाएको छ । स्थानीय आर्थिक विकास र शुसासनको क्षेत्रमा प्रभावकारीरुपमा कार्यसम्पादन गरेको भन्दै गैँडाकोट नगरपालिका सहित केही नगरपालिका सम्मानित भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा (ओली), नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटा र नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले हस्ताक्षर गर्नुभएको सम्मानपत्रमा लेखिएको छ – आर्थिक वर्ष २०८०।८१ मा स्थानीय आर्थिक बिकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेकोले सोको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघको ३२ औँ स्थापना दिवशको उपलक्ष्यमा गैँडाकोट नगरपालिका, नवलपुर गण्डकी प्रदेशलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ (Municipal Excellence Award) स्वरुप पुरस्कार प्रदान गरिएको छ । गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नगरपालिकाले पाएको अर्वाड सबै नगरवासीहरुको अवार्ड भएको बताउनुभयो । स्थानीय सरकारले नागरिकको मर्मअनुसार काम गरेकोले आज नगरपालिका पुरस्कृत भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार