मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

शेरबहादुर सेन्चुरी स्मृति क्रिकेटः शान्ति नमूना र मणिमुकुन्दको सानदार जित

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

भैरहवा । रुपन्देहीको भैरहवामा जारी १२औं स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा सोमबार शान्ति नमूना मावि र मणिमुकुन्द सेकन्डरी स्कूल फराकिलो अन्तरले विजयी भएका छन् । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा शान्ति नमूनाले लुम्बिनी वर्ल्ड स्कूललाई ९ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको लुम्बिनीले दिएको ७८ रनको लक्ष्य शान्ति नमूनाले ११.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

खेलमा ४ विकेट लिँदै अविजित ४१ रन बनाएका शान्ति नमूनाका रुद्रान्श भट्टराई ‘प्लेयर अफ द म्याच’ घोषित भए । त्यस्तै, दोस्रो खेलमा मणिमुकुन्दले श्री शतिया इङ्गलिस बोर्डिङ स्कूलमाथि १० विकेटको जित निकाल्यो । ५३ रनको सामान्य लक्ष्य मणिमुकुन्दले ५.२ ओभरमै पूरा गर्यो । खेलमा ६ विकेट लिनुका साथै १८ रन बनाएका मणिमुकुन्दका अर्पण तिमिल्सिना ‘प्लेयर अफ द म्याच’ बने । पर्वत ज्वेलर्सको प्रायोजन रहेको र पुस १ गतेसम्म चल्ने यस प्रतियोगितामा ३० विद्यालय सहभागी छन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार