मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |
मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |


भाष्करानन्द माया शर्मा अक्षयकोषद्वारा छात्रवृत्ति वितरण

Ujyalosandeshonline 12433+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

भैरहवा । भाष्करानन्द माया शर्मा अक्षयकोषले भैरहवामा रहेका सामुदायिक विद्यालयहरुका २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । कोषका संस्थापक एवम अध्यक्ष भाष्करानन्द शर्माले एक कार्यक्रमका बिच छात्रवृत्ति वितरण गरेका छन् । 

छात्रवृत्ति पाउनेमा भानु माध्यमिक विद्यालयको अनुराधा विश्वकर्मा, प्रिया कुर्मी, आकृति घिमिरे, जोया खान, नवदुर्गा माध्यमिक विद्यालयको खुस्बु पासी र भूमिका खाम्चा रहेका छन् । यस्तै भुजौली माध्यमिक विद्यालयको पुष्पा कोहार, सुनिता कोहार, सिद्धार्थ आधारभूत बिद्यालयका शरण श्रीपाली र सनी चौहान, मेउडिहवा आधारभूत विद्यालयका लक्ष्मी कोहार र आदित्य हरिजन, बेलहिया माध्यमिक विद्यालयका महिमा धवल, अर्पण आचार्य, पुजा वि.क. रहेका छन् । लिलाराम न्यौपाने माध्यमिक विद्यालयका अति थापा मगर, आयुशा अर्याल, राधा हरिजन र निर्मला गुरुङ्ग, सुसंस्कृत माध्यमिक विद्यालयका करन थापा, रामजित कोईरी र रोशन साहनी रहेका छन् । यस्तै सूर्यदेव माध्यमिक विद्यालयका विपिन लोनिया, प्रतिमा कोईरी र रुपमा कोईरी रहेको भाष्करानन्द माया शर्मा अक्षयकोषका सञ्चालक समितिका सदस्य हरि खडकाले जानकारी दिए । 

२०७२ सालमा स्थापित कोषले सोही वर्ष सामुदायिक १२ जना र संस्थागत विद्यालयका १२ जना गरि २४ जनालाई छात्रवृत्ति वितरण गरेको थियो । त्यसयता २०७३ सालमा सामुदायिक १२ जना र संस्थागत विद्यालयका १२ जना गरि २४ जनालाई, २०७४ सालमा सामुदायिक ११ जना र संस्थागत विद्यालयका ७ जना गरि १८ जनालाई, २०७५ सालमा सामुदायिक ११ जना र संस्थागत विद्यालयका ५ जना गरि १६ जनालाई छात्रवृत्ति वितरण गरेको थियो । 

२०७६ सालमा सामुदायिक १६ जना र संस्थागत विद्यालयका २ जना गरि १८ जनालाई, २०७८ सालमा सामुदायिक १२ जना र संस्थागत विद्यालयका गरि २४ जनालाई सामुदायिक विद्यालयका गरि २४ जनालाइ, २०७९ सालमा सामुदायिक विद्यालयका गरि २० जनालाइ र २०८० मा २५ जना गरि १ सय ६९ जनालाई छात्रवृत्ति वितरण गरिसकेको खडकाले जानकारी दिए । २०७७ सालमा कोभिडका कारण विद्यालयहरु बन्द रहेको कारण भने छात्रवृत्ति वितरण गर्न नसकेको उनले बताए । यसै अवधिमा भैरहवा क्षेत्रलाई कर्मथलो बनाई काम गरिरहेको ७ जना पत्रकारहरुलाई पनि पुरस्कृत गरिएको उनलदे बताए । यसरी पुरस्कृत हुनेमा अरुण ज्ञवाली, माधव ढुङ्गना, दिपेश पछाई, सम्झना शर्मा, रविन्द्र प्रताप गुप्ता, माधव न्यौपाने र नरेश केसी रहेका छन् । 

भाष्करानन्द माया शर्मा अक्षयकोषका संस्थापक भाष्करानन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषका उपाध्यक्ष रविन्द्र राना, सचिव देवीदत्त ज्ञवाली, भानु माध्यमिक विद्यालयका प्रधान अध्यापक मोतीलाल सुवेदी, सुसंस्कृत माध्यमिक विद्यालका प्रधान अध्यापक रविन्द्र यादवले बोल्दै साुमदायिक विद्यालयमा अध्ययनरत् गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको रकमले उनिहरुको अध्ययनमा सहयोग पुग्ने बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार