मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रुपन्देही–५ मा चुनावी माहोल तातियो :
भरत कुमार शाहद्वारा सैनामैनामा जेन्जी युवाहरू कांग्रेसमा प्रवेश

Ujyalosandeshonline 11540+ समाचार ( )
१२ फाल्गुन २०८२, मङ्गलबार

लुम्बिनी । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। यसैक्रममा नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै सैनामैना नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरी जेन्जी युवाहरूलाई पार्टीमा स्वागत गर्नुभएको छ।

सैनामैनामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। नवप्रवेशी युवाहरूलाई टीका तथा खादा लगाएर स्वागत गर्दै शाहले युवाहरूको ऊर्जा, सिर्जनशीलता र नवीन सोच नै देश निर्माणको आधार भएको बताउनुभयो। उहाँले लोकतन्त्र सुदृढ बनाउन र विकासको अभियानलाई निरन्तरता दिन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।

शाहले विगतमा अर्थमन्त्रीका रूपमा काम गर्दा मुलुकको आर्थिक स्थायित्व र विकासका पूर्वाधार निर्माणमा योगदान दिएको उल्लेख गर्दै रुपन्देही–५ को समग्र विकासका लागि आफू फेरि प्रतिबद्ध रहेको बताउनुभयो। विशेषगरी सैनामैना क्षेत्रको सडक स्तरोन्नति, शिक्षा तथा स्वास्थ्य पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने उहाँको योजना रहेको छ।

कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले स्थिरता, अनुभव र विकासको स्पष्ट दृष्टिकोणका कारण आफूहरू नेपाली कांग्रेसमा आवद्ध भएको बताएका थिए। उनीहरूले युवामैत्री नीति, उद्यमशीलता प्रवर्द्धन र डिजिटल प्रविधिको विस्तारमा कांग्रेसले स्पष्ट कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे।

चुनावी घरदैलो अभियानलाई पनि समानान्तर रूपमा अगाडि बढाउँदै शाह अहिले गाउँ–गाउँ र टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ। स्थानीय बासिन्दाहरूले उहाँसँग विगतका कामको अनुभव र आगामी योजनाबारे जिज्ञासा राख्ने गरेका छन् भने शाहले ती सबै विषयमा स्पष्ट धारणा राख्दै विकास र समृद्धिको यात्रामा साथ दिन आग्रह गरिरहनुभएको छ।

रुपन्देही–५ मा यसपटक प्रतिस्पर्धा कडा हुने आँकलन गरिएको छ। तर, पछिल्लो समय युवाहरूको बढ्दो सहभागिता र पार्टी प्रवेश कार्यक्रमले नेपाली कांग्रेसको माहोल थप सुदृढ बन्दै गएको कार्यकर्ताहरूको दाबी छ। चुनावी सरगर्मी बढ्दै जाँदा आगामी दिनमा थप जनसमर्थन जुट्ने विश्वास कांग्रेसजनले व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार