मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लापसे गरेर सवारी साधन चलाउने ७ जना चालक नियन्त्रणमा

Ujyalosandeshonline 12431+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

बा २ ख ४० १७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका १७ का २४ वर्षीय मिलन गिरी, ग १ ख २९ ७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका १ का ३५ वर्षीय मीन बहादुर तामाङ, बा ३ ख २१ ९५ नम्बरका माइक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोइराला, बा ५ ख  २३७ नम्बरका बस चालक गोरखाको भिमसेनथापा गाउँपालिका ४ का २२ वर्षीय भुवन सुर्खेती, ना ७ ख १३ ८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटक बहादुर मगर, लु २ ख ३३ ५२ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ का ३३ वर्षीय पवन थापा र ना ५ ख ७७ ७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेसी नगरपालिका ८ का ३० वर्षीय प्रजय कार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको  संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए  ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार