मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउने प्रबृत्ति गलत

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले समाजवादी संगठनको गम्भीर भएर छलफल गर्ने समय आएको बताएका छन् ।

यस्तै उनले पार्टी जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष भएको धारणा राखे । आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउनुपर्ने र गुट जन्माउने प्रवृत्ति पनि विरोधाभासपूर्ण रहेको धारणा राखेका हुन् । 

यस्तै भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन संसद् विघटन गरिएको भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गरे । 

भुसालले भने, ‘एकजना कम्युनिस्ट पार्टीको नेताले एउटा वक्तव्य दिनुभयो, संसद् विघटनको । नेकपा (एमाले) जोगाउनका लागि संसद्को विघटन गर्नुपर्ने थियो भन्नुभयो उहाँले । जनताले लडेर ल्याएको हक, अधिकार संस्थागत गरिएका संविधानमाथि आक्रमण गर्नका लागि संसद् विघटन गरेर पनि जाग्नुपर्ने भयो ।’

पार्टी जोगाउन संसद गर्नुपर्ने, प्रधानमन्त्री जोगाउन पार्टी भत्काउनुपर्ने, गुट जोगाउन विधिविधान विर्सनुपर्ने, मूल्य, नैतिकता, आदर्श तोड्नुपर्ने अवस्था आउनु दुखद भएको बताए । भयो । 

भुसालले अब समाजवादीले संगठन निर्माणको काममा ध्यान दिनुपर्नेमा जोड दिए । ‘यसो हेर्दा ४३–४५ प्रतिशत मानिसहरूले कम्युनिस्ट पार्टीलाई भोट हालेका छन् । मुलुकमा समाजवादको, न्यायको जबरजस्त उपस्थिति छ तर, संगठनले त्यसलाई बोक्न सकेन भनेसधैँ रहँदैन,’ भुसालले भने । 

भूसालले मूल रूपमा समाजवादी भनिएका कम्युनिस्ट संगठनका नेतृत्वले प्रधानमन्त्री हुन, संघ वा प्रदेशको मन्त्री हुन, तल्लो तहमा मेयर बन्नकै लागि मरिमेटेको बताए । 

उनले प्रदेश र जिल्ला कमिटीका पनि पदकै लागि लागेको तर्क गरे । उनले आम रुपमा पार्टीमा बनेका संसठनहरुले समाजवादी मान्छे निर्माण नगरेको उल्लेख गरे । 

‘प्रदेश वा जिल्ला कमिटीको हेर्ने हो भने धेरैजसोको प्रयत्न भनेको प्रदेशमा मन्त्री हुने हो, सांसद हुने हो । नत्र मेयर हुने । कार्यकर्ता विभिन्न उपभोक्ता समितिमा बस्ने र सुरक्षित हुने । अहिलेको संगठनले यस्ता मान्छेहरु उत्पादन गर्दै छ ।’

यस्तै उनले पार्टी संगठन भित्रका कमिटीहरुले समाजवादका लागि बनाएको एजेण्डा हेरे मात्रै पनि त्यसको स्थिति पार्टीभित्र छर्लङ्ग हुने बताए । उनले पदका निम्ति अहिले पार्टीमा गुटबन्दी गर्न सिकाइने गरेको समेत बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार