मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

पाल्पामा भगवती जात्राको तयारी: व्यवस्थित र सुरक्षित जात्राका लागि प्रहरीको अनुरोध

Ujyalosandeshonline 12673+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय, पाल्पाले श्री ७ रणउजिरेश्वरी भगवती मन्दिर जात्रा तथा खट यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष अनुरोध गरेको छ । ३० साउन, २०८२ मा जारी गरिएको सूचनामा, प्रहरीले तानसेन नगरवासीहरूलाई खट यात्राको क्रममा हुन सक्ने सम्भावित अवरोध र दुर्घटनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रहरीले खट यात्राको रुटमा पर्ने घरधनीहरूलाई आफ्नो घर अगाडि रहेका बिजुली, टेलिफोन, केबल तथा इन्टरनेटका तारहरूलाई व्यवस्थित गर्न अनुरोध गरेको छ, ताकि खटलाई कुनै किसिमको बाधा नहोस् । यसका साथै, जात्रा अवधिभर मन्दिर वरपरका क्षेत्रमा मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । प्रहरीले कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि नगर्न तथा सवारी साधनहरू तोकिएको स्थानमा मात्र पार्किङ गर्न सबैलाई सूचित गरेको छ ।

सूचनामा उल्लेख भएअनुसार, नियम विपरीतका कार्य गर्ने वा गराउने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनेछ । यो सूचना भगवती जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्नका लागि जारी गरिएको हो । नेपाल-अंग्रेज युद्धमा नेपाली सेनाको विजयको सम्झनामा हरेक वर्ष पाल्पामा यो ऐतिहासिक जात्रा भव्यताका साथ मनाइन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार