मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न

Ujyalosandeshonline 11566+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा एक कार्यक्रम गरी स्वास्थ्य क्षेत्रमा लिइएको लक्ष्य र कार्य प्रगतिको प्रभावकारिताका विषयमा समीक्षा गरिएको हो।

समीक्षा कार्यक्रममा पालिकाभित्र रहेका आधारभूत अस्पताल तथा स्वास्थ्य चौकीका इन्चार्जहरूले आ-आफ्नो संस्थाबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारिता र भोग्नुपरेका चुनौतीबारे जानकारी गराएका थिए। स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताका अनुसार कार्यक्रममा स्वास्थ्य सेवालाई कसरी थप जनमुखी र गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो।

सो अवसरमा गाउँपालिकाका लेखा अधिकृत संजय कुमार शर्माले स्वास्थ्य क्षेत्र संवेदनशील विषय भएकाले उपचार सेवा, गाउँघर क्लिनिक, खोप र पोषण जस्ता महत्वपूर्ण कार्यलाई नियमित र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभयो। उहाँले स्वास्थ्य संस्थाहरूमा आवश्यक बेड, उपकरण तथा भौतिक पूर्वाधार मर्मतका लागि पालिकाले तत्काल बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

कार्यक्रमले आगामी गाउँसभा अगावै स्वास्थ्य क्षेत्रका अत्यावश्यक योजनाहरू तर्जुमा गर्न र स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्ने निष्कर्ष निकालेको छ। समीक्षामा प्रशासन शाखा प्रमुख, स्वास्थ्य शाखाका कर्मचारी, अस्पताल प्रतिनिधि र पोषण सहजकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार