मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |
मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |


रौतहटका शिक्षक काठमाडौँ आन्दोलनमा, भर्ना अभियान प्रभावित

Ujyalosandeshonline 11171+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

दिपेश पौडेल 

रौतहट । रौतहटका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ । यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने सरकारले तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा प्रभावित बनेको हो ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भैसकेको छ । सरकारले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्न ÷गराउन भनिएको छ । तर यहा शिक्षक, भर्ना अभियान भन्दा पनि आफ्नो माग पुरा गर्नका लागी काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन । 

गत चैत २० गतेदेखि समुदायिक विद्यालयको शैक्षिक गतिविधि बन्द गरेर  शिक्षक  सडक आन्दोलनमा गएपछि विद्यालय भर्ना अभियान शुन्य झै भएको एक विद्यालयका अभिभावक रामएकबाल साहले बताए ।‘समुदायिक विद्यालयका शिक्षकले शैक्षिक गतिविधि बन्द नगरी आफ्नो माग सम्बन्धित निकायमा राख्न सक्छ्न,’उनले भने; ‘यो किसिमको आन्दोलन आवश्यकता नै छैन ।’ यद्यपि  सरकार पनि शिक्षकका जायज मागको चाडैं नै सम्बोधन गर्नु पर्ने उनको तर्क छ ।

शिक्षक महासङ्घको नेतृत्वमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै समुदायिक विद्यालय शिक्षक दुई साता देखि काठमाडौँ केन्द्रित आन्दोलन हुँदा निजि विद्यालयले भने भर्ना अभियानलाई प्रभावकारी बनाएको छ । चन्द्र्पुरमा रहेको नमुना आवशिय विद्यालयका सञ्चालक लोक श्रेष्ठका अनुसार आफुहरुले नियमित कार्यतालिका अनुसार विद्यालय भर्ना अभियान गरिएको छ ।   

‘पहिलेका वर्ष जस्तै विद्यार्थी भर्ना भएका छन,’उनले भने; ‘खासै बढेको पनि भन्न मिल्दैन ।’ नयाँ शैक्षिक सत्रको पठनपाठन पनि सुरु गरि सकिएको उनको भनाइ छ । नयाँ शैक्षिक क्यालेण्डर अनुसार विद्यालयका शैक्षिक गतिविधि अघि बढाउदै लैजाने उनले बताए ।

तर यहाका अधिकाँश सामुदायिक विद्यालयले अग्रेजी माध्यममा पठन पाठनसँगै दिवा खाजा र छात्रावृति जस्ता कार्यक्रमले विद्यालय भर्ना अभियान प्रभावकारी हुँदै आएको पुर्व शिक्षक अर्जुन दाहालले बताए । विद्यालयमा नयाँ शैक्षिक सत्रका गतिविधिलाई अघि बढाउनुपर्ने समयमा आन्दोलन हुनु दुखद भएको उनको भनाइ छ । सरकारले शिक्षकका माग सम्बोधन गरेर विद्यालयका शैक्षिक गतिविधिलाई अघि बढाउन तत्परता देखाउनु पर्ने उनको बुझाइ छ । चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलका अनुसार यहाका अधिकाश सामुदायिक विद्यालय बन्द गरेर शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा छन । 

उनले भने, ‘विद्यालय भर्ना अभियान पनि प्रभावित भयो । नगर भित्रका विद्यालयमा प्रत्येक बर्ष कक्षा १ मा मात्र ८ देखि ९ हजार विद्यार्थी भर्ना हुने गरेको समुदायिक विद्यालयका अन्य कक्षामा पनि विद्यार्थी भर्ना उल्लेखनीय हुदै आएको भएपनि शिक्षक आन्दोलनले असर परेको छ ।’चन्द्रपुर नगरपालिका क्षेत्रमा ४६ वटा समुदायिक विद्यालय छन ।  सरकारले शिक्षकका माग सम्बोधन नगरेसम्म विद्यालय बन्द रहने यहाका शिक्षकले बताउदै आएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार