मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि सारौं : गृहमन्त्री

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक रहेको बताएका छन् । 

शुक्रबार सिंदरबारमा बसेको राष्ट्रियसभा अन्तरर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले इच्छा हुने हो भने सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि बढाउन सकिए विपद्बाट नागरिकको जीवन बचाउन सकिने बताए । 

उनले बजेट जसरी भएपनि व्यवस्थापन हुने भएकाले यस्तो अवधारणा आवश्यक रहेको औंल्याए । उनले भने,‘इच्छाशक्ति नहुनु र बजेट नहुनु दुई अलग कुरा हुन् । इच्छा हुने हो भने बजेट जसरी नी म्यानेज हुन्छ जस्तो लाग्छ । हामीसँग केही अवधारणा छन् त्यसमा सहयोग चाहिएको छ । समितिको सातै प्रदेशमा विपद्को लागि एयर एम्बुलेन्स आवश्यक हुन्छ । नागरिकको ज्यान बचाउने कुरा हो । सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा आवश्यक छ । विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु जुटाउनुपर्ने हुन्छ त्यो बेला हामीसँग बजेट छैन्  भन्ने कुरा हुँदैन् ।’

उनले सरकार फेरबदल संसारमा जहाँपनि हुने भन्दै सरकार फेरबदलले नागरिकहरुको जीवनमा कुनै प्रभाव नपार्ने बताए । जुनै सरकार भएतापनि  नागरिकका आधारभूत आवश्यकता र मौलिक हक रक्षा गर्ने कुराहरु नै पहिलो प्राथमिकता बन्ने उनको भनाई छ । 

उनले भने,‘सरकार फेरबदल भन्ने कुरा संसारमा जहाँ पनि हुन्छ हामीभन्दा पनि अस्थिर देशहरु छन् । राजनीतिक रुपमा एकदमै अस्थिर छन् । कहिले कतिबेला सरकार ढल्ने हो बन्ने हो भन्ने कुरा थाहा हुन्न  । तर आम नागरिकहरुको जीवनमा त्यसले कुनै प्रभाव पारेको हुँदैन् । किनकी नागरिकका आधारभुत आवश्यकताका कुराहरु मौलिक हक रक्षा गर्ने कुराहरु जे सुकै भएपनि त्यो पहिलो प्राथमिकता बन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार