मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

इमानदार प्रयासले मात्रै सकारात्मक नतिजा : अर्थमन्त्री महत

Ujyalosandeshonline 12431+ समाचार ( )
१० माघ २०८०, बुधवार

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका लागि सबैको इमानदार प्रयास आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुधारका लागि सरकारले काम गरिरहेको दाबी गरे ।

‘हाम्रो प्राथमिकता प्राथमिकीकरण हो, कसरी राज्यको सीमित स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल हुने क्षेत्रमा प्रयोग गर्ने, खर्च गर्ने, त्यो हाम्रो चुनौती छ । त्यसमा विस्तारै सुधार भइरहेको छ,’ उनले भने, ‘अहिले पर्यटकको आगमन धेरै छ, बाह् परिस्थिति सकारात्मक छ र आउने दिनमा धेरै माथि जान्छ ।’

पर्यटक आगमन बढाउन पूर्वाधार बनाउन सरकारले काम गरिरहेको उनले बताए । ‘१२ महिना नै चल्ने सडक देशभर पु¥याउन सक्यो भने आम्दानी बढाउन कठिन हुँदैन । त्यो तीन÷चार वर्षमा पु¥याउन सक्छौं,’ उनले भने ।  सरकारले काम गरे पनि कर्मचारीतन्त्रको सकारात्मक सहयोग अपेक्षित रहेको उनको भनाइ थियो ।

‘म जुन स्थानमा बसेको छु, मेरो आफ्नो व्यक्तिगत सम्पत्तिभन्दा पनि मैले बढी गम्भीर र लगनशिल भएर लाग्नु पर्छ । त्यही मानसिकता यहाँको व्यवस्थापक, कर्मचारीले काम गर्नुपर्छ । त्यसरी काम गर्ने हो भने नतिजा नआउने र नीति क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्ने कुरै छैन,’ उनले भने, ‘तपाईहरुसँग भएको पूर्वाधार नीति क्षेत्रको भन्दा बढी छ, त्यो राज्यले लामो लगानी गरेर बनाएको छ ।’

उनले राष्ट्रि वाणिज्य बैंकका कर्मचारीहरुलाई सरकारले अनुचित हस्तक्षेप नगर्ने भन्दै आश्वस्त पारे । ‘कर्मचारीको हकहितमा मेरो साथ हुन्छ । कुनै पनि अनुचित हस्तक्षेप मबाट हुँदैन तर संस्थागत कुरामा राज्यको लगानी छ र अर्थमन्त्रालय त्यसको जिम्मेवार मन्त्रालय हो,’ उनले भने, ‘यो सार्वजनिक बैंक भएको हुनाले देशको सबैभन्दा राम्रो बैंकको रुपमा स्थापित हुन नसकेको हो । तर निजी बैंक जसरी काम गरेर मिहिनेत गर्ने हो भने ट्रेड युनियनको साथीले गरेको माग केही होइन्, पूरा गर्न सकिन्छ ।’

कर्मचारीको समस्याको विषयमा बैंकको क्षमता, नाफा, कार्यदिशालाई मध्यनजरमा राखेर अर्थ मन्त्रालयले उदार हुने हदसम्म गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार