मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

Ujyalosandeshonline 12543+ समाचार ( )
३० अशोज २०८३, शुक्रबार

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गएराति खोजतलास गर्दा उक्त स्थानमा लुकाइछिपाइ राखिएका मोबाइलका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जनाएको छ ।

प्रहरीका अनुसार बरामद सामग्रीमा विभिन्न ब्रान्डका मोबाइलका डिस्प्ले तथा बडी प्यानल रहेका छन् । ती सामग्रीको वैध भन्सार कागजात नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा भन्सार छली गरी मोबाइलका पार्टपुर्जा, इलेक्ट्रोनिक सामग्री तथा अन्य सामान भित्र्याउने गतिविधि बढेपछि प्रहरीले निगरानी र गस्तीलाई तीव्र बनाएको छ । बरामद सामग्रीको मूल्याङ्कन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सहयोग गर्न र शङ्कास्पद गतिविधिबारे तत्काल जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार