मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्याब्सन स्पोर्टस् मिट : ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ माघ २०८०, सोमबार

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा माघ २६ देखि २८ गतेसम्म १३औँ संस्करणको ‘प्याब्सन स्पोट्र्स मिट’ हुने भएको छ ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी प्याब्सनले स्पोट्र्स मिटमा प्याब्सनमा आबद्ध मोरङ जिल्लाभरिका २ सय १० वटा विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने जनाएको छ ।

अध्यक्ष प्रेमलाल सिंह सुवालका अनुसार ती विद्यार्थीले दर्जनभन्दा बढी विधाका खेल प्रतियोगितामा भाग लिनेछन् ।

प्रतियोगिता अन्तर्गतका खेलहरू सहिद मैदान, विराटनगर जुट मिलको खेलमैदान र एभरेस्ट कलेजको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुन सहयोग गर्ने उनले बताए । स्पोट्र्स मिटमा एथलेटिक्स, टी–टी सिङ्गल इभेन्ट लगायत २५ भन्दा बढी बिधामा खेलका साथै कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ ।

यस्तै, प्याब्सन प्रेसिडेन्ट कप यु–१५ फुटबल पनि सञ्चालन हुने जनाइएको छ । फुटबलमा पालिकाबाट विजयी भएर आएका विद्यालयले सहभागी हुने अवसर पाउनेछन् ।

यसैगरी, कक्षा ११ र १२ को छात्र–छात्रा भलिबल प्रतियोगिता पनि हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार