मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न माग

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको जेठ १६ गतेदेखि १८ गतेसम्म भएको दोस्रो बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न सरकारसँग माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत बैठकको निर्णयहरु सार्वजनिक गर्दै बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन माग गरेको संगठनले जानकारी दिएको छ । 

यस्तै, बैठकले संघ, प्रदेश र स्थानिय तहमा कार्यरत कर्मचारीहरुको ट्रेड युनियनमा प्रतिनिधित्व गर्न संघीय कानुनमा महासंघीय ढाँचा बमोजिम अन्तर आबद्धता हुने गरी ट्रेड युनियन अधिकार स्थापित गराउने आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ । 

साथै, बैठकले सहकारी ऐन, २०७४ ले पेसागत सहकारीको परिकल्पना गरेको पेशाकर्मीले सञ्चालन गरेका सहकारीका लागि लगाइएको विशेष प्रकारका बन्देजहरु (कर, दोहोरो सदस्यता, प्रतिनिधित्व) सहकारी मैत्री हुने गरी संशोधन गर्न नेपाल सरकार समक्ष माग गर्ने र कर्मचारीहरुको अनौपचारिक असंगठित समुह वा अभियानको नामबाट हुने आन्दोलन न्युनिकरण गर्न त्यस्ता समुह तथा अभियानसँग राज्यले गर्ने वार्ता आधिकारिक तथा राष्ट्रिय स्तरका ट्रेड युनियन मार्फत नै गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ । 

सेवा प्रवेश तथा सेवाकालिन तालिम गराउने, तालिम केन्द्रहरुका पाठ्यक्रमहरुमा सैद्धान्तिक तथा प्रयोगवादी ट्रेड युनियन तथा सामुहिक सौदावाजीसँग सम्बन्धित पाठ्ययोजना समेट्नुपर्ने पनि संगठनको माग रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार