मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पोखरामा बाइक राइडर्सको मोटो इन्डुरो क्रस च्याम्पियनसिप

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

पोखरा । डर्ट बाइक राइडरहरुका लागि पोखरामा आयोजित पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप–२०२४ को उपाधि ललितपुरकी वर्षा बस्नेत र काठमाडौंका राजेश मगरले जितेका छन् । 

बस्नेतले महिला र मगरले पुरुषतर्फको स्पर्धा जित्दै जनही १ लाख ५० हजार रुपैयाँ राशिसहितको पुरस्कार पाए । महिलातर्फ दोस्रो मन्दिरा भण्डारी र तेस्रो सुरक्षा केसी भए । पुरुष ओपन मेल इलाइट मा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । ओपन ३० प्लस मास्टर्समा राज शाही पहिलो, विकास श्रेष्ठ दोस्रो र अजित बराल तेस्रो भए । 

पोखरा राइडर्स क्लवको आयोजनामा भएको वनजंगल, खोलानाला बाँसघारी गोरेटो, बगर आदिमा बालुवा उडाउदै बाइक गुडाउने प्रतिष्पर्धामा महिला र पुरुष गरि ५६ जनाले भाग लिएका थिए । प्रतिष्पर्धाका लागि सबै खालको मिश्रण रहेको ५ किलोमिटरको ट्रयाक निर्माण गर्न झन्डै ३ महिनाभन्दा बढी समय लागेको आयोजकको दाबी छ ।

विश्व कपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्र्याएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए । पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले साहसिक खेल आयोजना हुनु उत्साहजनक रहेको भनाइ राखिन । यस्ता आउटडोर स्पोर्ट्सहरुले भर्खरै पर्यटनको राजधानी घोषणा भएको पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गण्डकीका अध्यक्ष शिव श्रेष्ठले बताए ।

अन्तिम प्रतिष्पर्धाका लागि गत शुक्रबार छनोट खेल गराइएको थियो । मेन्स ओपनतर्फ २५ जना खेलाडी छनोटमा परेका थिए । महिलातर्फ ३० प्लस ओपन मास्टर्समा ७ जना खेलाडीले अन्तिम प्रतिष्पर्धा गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार