मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बुद्धवीर र धर्मलाई स्वर्ण

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ असार २०८१, बिहीबार

काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।

बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते । गीतकार समेत रहेका उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्डमा पूरा गरे । सोही दूरीको ५० वर्षमाथि धर्मले १७ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । 

धर्मले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपालकै रैवत दाहाल दोश्रो भए । उनले निर्धारित दूरी तय गर्न १७ मिनेट ५० सेकेन्ड समय लगाए । नेपालले थप १ कांस्य पनि जित्यो । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य प्राप्त  गरे । उनले निर्धारित दूरी २० मिनेट १९ सेकेन्डमा तय गरे ।

प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् । पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथा लाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उक्त दौड शनिबार हुने टोलीको नेतृत्व समेत गरेका बुद्धवीरले जनाएका छन् । शनिबारै धर्मले १० हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार