मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

कर्णालीमा भुपेन्द्रको संगठन सुदृढीकरण यात्रा

Ujyalosandeshonline 12433+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कर्णाली प्रदेशमा पार्टीको संगठन मजबुत बनाउन गाउँ–गाउँसम्म संगठन सुदृढीकरण यात्रा गरिरहेका छन् । चैत २ देखि थालेको यात्राका क्रममा उनले स्थानीय नेता, कार्यकर्ता र मतदातासँग समेत साक्षात्कार गरिरहेका छन् । 

मंगलबारसम्म सल्यान, रुकुम पश्चिम, डोल्पा, जाजरकोट र दैलेखका स्थानीय तहहरूसम्म पुगिसकेको बताए । ‘देशको ठूलो दल भएर पनि पार्टी विपक्षमा छ, पार्टी संगठनमा ऊर्जा छैन, जताततै निराशा फैलिएको छ,’ नेता शाहीले भने, ‘यस्तो बेला पार्टीभित्र आशाको सञ्चार गर्नुपर्छ, जे अवस्था हो, त्यसको खुलेर सञ्चार हुनुपर्छ भन्ने ठानेर सकेसम्म सबै स्थानीय तहसम्मै पुग्ने र त्यहाँ पार्टीको संगठनको अवस्था र सुदृढीकरणको बाटोका विषयमा छलफल गरिरहेको छु ।’उनले यात्राका क्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाको यात्रा गर्ने बताएका छन् । 

‘सल्यानको कपुरकोटबाट यात्रा प्रारम्भ गरेको हुँ । अब हुम्लाको सिमकोट पुगेर यो यात्रा अन्त्य हुन्छ,’ उनले भने, ‘कर्णालीमा हिजोभन्दा आज जीवन सहज छ, तर यात्रा गर्न अझै पनि कम जोखिमपूर्ण छैन । गरिबी छ, अशिक्षा छ । चेतनाको अभाव छ । कर्णालीमा अझैपनि समस्या ज्यूँका त्यूँ छन् । सरकारको यहाँ ध्यान पुग्न सकिरहेको छैन ।’

कालीकोटका नेता शाही यसअघि पार्टीको १४ औँ महाधिवेशनमा कर्णाली प्रदेश सभापतिका प्रत्यासी थिए । वरिष्ठ नेता शेखर कोइराला पक्षका नेता उनी विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छन् । पछिल्लो पटक नेपाल तरुण दलको केन्द्रीय महामन्त्री भएर काम गरेपछि युवामाझ लोकप्रिय बनेका नेता शाही राष्ट्रिय राजनीतिका मुद्दाहरू र विभिन्न सामाजिक विषयहरूमा समेत निरन्तर बहस र अभियान सञ्चालन गर्दै आएका छन् । 

उनी कालीकोटबाट संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा प्रत्यक्षतर्फ उम्मेदवार थिए । ‘संघीयतापछि गाउँ गाउँमा सरकार पुगेको भनिएको छ । तर वास्तवमा स्थानीय तहले जनतालाई कति सुविधा दिएका छन् ? भनेर पनि छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो अभियानमा हामीले ती विषयमा पनि छलफल गरेका छौँ ।’अभियानले मुलतः पार्टीको संगठनलाई गतिशील बनाउन मद्दत पुगेको र संगठनमा ऊर्जा भर्ने प्रयास गरेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार