मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |
मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |


भैरहवामा मिथिलाञ्चल समाजद्वारा शुभकामना आदानप्रदान तथा सांस्कृतिक झिझिया कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11564+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

भैरहवा । मिथिलाञ्चल समाज रुपन्देही, सिद्धार्थनगर–६ भैरहवाले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं सांस्कृतिक झिझिया कार्यक्रम सम्पन्न गरेको छ। समाजका अध्यक्ष अमर कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख शम्भु कुसियत यादवको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि यादवले मिथिला संस्कृतिले नेपालको विविधतालाई सबल बनाएको र परम्परागत संस्कार, संस्कृतिले समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले मिथिला संस्कृतिको मौलिक परम्परालाई जीवित राख्न यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो।

समाजका अध्यक्ष अमर कुमार झाले झिझिया कार्यक्रम मिथिलाबाट सुरु भए पनि यो गौतमबुद्धको नगरी भैरहवा लगायत अन्य ठाउँमा पनि मनाउन थालिएको बताउनुभयो। उहाँले भैरहवामा मिथिलाञ्चल समाजको छिट्टै नै सभाहल निर्माण गर्ने र समाजलाई सशक्त, संगठित र सांस्कृतिक चेतनायुक्त बनाउन निरन्तर यस्ता कार्यक्रम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा समाजका सचिव उषा पाठकले झिझिया पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्वबारे विस्तृत जानकारी दिँदै यसले समाजमा सामूहिकता, महिलाको सहभागिता र संस्कृति संरक्षणमा जागरण ल्याउने धारणा राख्नुभयो। मैथिल समाज नेपाल, बुटवलका सचिव मनोज कुमार मण्डलले संस्कृति हराउनु भनेको अस्तित्व हराउनु भएकोले मौलिकता जोगाउन सन्तानलाई सही जानकारी र अभ्यास दिनुपर्नेमा जोड दिनुभयो।

समाजसेवी रिता साहले महिलाको सक्रियताबिना कुनै पनि पर्व पूर्ण हुन नसक्ने भन्दै झिझियामा महिलाहरूले देखाएको भूमिकाले समाजलाई प्रगतिशील बनाएको बताउनुभयो। बैश्य युवा समाज, भैरहवा रुपन्देहीका अध्यक्ष तार्केश्वर कान्दुले युवाहरूलाई संस्कृति संरक्षणमा नेतृत्व लिन आह्वान गर्नुभयो।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष अशोक कुमार शाहले स्वागत मन्तव्य राख्दै मिथिलाञ्चल समाज रुपन्देहीले हरेक वर्ष आफ्ना मौलिक पर्वलाई उत्साहपूर्वक मनाउँदै आएको र यस अवसरमा आपसी मेलमिलाप र भाइचारा प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभयो। महासचिव सियाराम यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानीय कलाकारहरू अंजली, मन्जु, दुर्गावती, जान्हवी झा लगायतले मिथिला संस्कृतिमा आधारित गीत–संगीत प्रस्तुत गरेका थिए।

झिझिया नृत्यले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। सहभागीहरूले पारम्परिक भेषभूषा र गीत–संगीतमार्फत मिथिला संस्कृतिको सौन्दर्य झल्काएका थिए। कार्यक्रममा समाजका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका सदस्य, व्यवसायी, विद्यार्थी, महिला, युवा तथा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजक समितिले यसपटकको कार्यक्रमलाई वार्षिक परम्परा बनाएर अझ विस्तृत रूपमा गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार