मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

३ सय १९ केजी चरेस सहित एक जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ असार २०८२, बिहीबार

रौतहट । पर्सा प्रहरीले लागूऔषध ३ सय १९ केजी चरेस सहित एक जनालाई पक्राउ गरेको छ । बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई  परवानीपुर चोकमा रोकेर चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले ट्रकबाट  बरामद गरिएको चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको बताए । उनका अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीयबुद्धिबहादुर स्याङ्तानलाई चरेससहित पक्राउ गरिएको हो ।

 प्रहरीले खानतलासीका क्रममा चालक स्याङ्तानले लगाएको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ रकम पनि बरामद गरेको प्रहरी उपरीक्षक मिश्रले बताए । पक्राउ परेका स्याङ्तानले  धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगन्जको ड्राइपोर्ट नाका हुदैं भारतमा पुर्याउने योजनामा रहेको प्रहरी समक्ष बताएको पर्सा प्रहरी प्रमुखमिश्रले बताए ।

उनका अनुसार चरेससहित पक्राउ परेका स्याङे्तानलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको छ । चरेसको तस्करीमा संलग्न अन्य व्याक्तिहरुको बारेमा पनि अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार