मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

जिल्ला प्रशासन कार्यालय गुल्मीमा भाद्र पहिलो हप्ता ७ लाख बढी राजस्व संकलन

मनु सुनार 31+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

 गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले साप्ताहिक रुपमा गरेका कार्यहरुको विवरण सार्वजनिक गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार सार्वजनिक गरेको भदौको पहिलो हप्ताको विवरण अनुसार ८४ नयाँ नागरिकताको प्रमाण पत्र जारी गरिएको छ । 

१०५ नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको, ११ नाबालक परिचयपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । यस्तै १३९ वटा राहदानी आवेदन संकलन गरिएको, १४४ राहदानी वितरण गरिएको, २५३ राष्ट्रिय परिचय पत्रका लागि आवेदन संकलन गरिएको गैरेले जानकारी दिनुभयो । 

१५८ वटा राष्ट्रिय परिचय पत्र वितरण गरिएको, ७९ वटा दलित/जनजाति/पारिवारिक विवरण तथा अन्य प्रमाणित गरिएको र २ संस्था नविकरण गरिएको गैरेले जानकारी दिनुभयो । सोही अवधिमा ७ लाख ३२ हजार पाँच सय राजस्व संकलन भएको छ । 

जसमा सबैभन्दा धेरै राहदानीबाट रु.७ लाख २२ हजार पाँच सय र संस्था नविकरणबाट रु.१० हजार राजस्व संकलन भएको सहायक प्रजिअ गैरेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट साप्ताहिक रुपमा गरेका कार्यहरुको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले एक हप्तामा गरेका कार्यसम्पदानको विवरण सार्वजनिक गर्दै आएको गैरेको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार