मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

वाफ च्याम्पियनसिप : नेपाल र जोर्डनबीच आज उपाधि भीडन्त

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपालले बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ । सातौं संस्करणसम्म आइपुग्दा जोर्डनले पाँच पटक उपाधि जितेको छ भने डिफेन्डिङ च्याम्पियन पनि हो । नेपाल भने पहिलो पटक फाइनलमा पुगेको हो ।

जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाल र जोर्डनबीच्को खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ ।

तर, आजको खेलमा नेपालकी गोलमसिन सावित्रा भण्डारी साम्वा भने हुने छैनन् । उनी क्लब फुटबलका लागि फ्रान्स फर्कि सकेकाले त्यसको असर नेपाली टिममा पर्ने छ ।

सेमिफाइनलसम्म खेलेकी सावित्राले सबै चार खेलमा ९ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । नेपालले सेमिफाइनलमा लेबनानविरुद्ध २–१ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो भने जोर्डनले प्यालेस्टाइनमाथि ५–० को एकतर्फी जित निकालेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार