मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

दलित, आदिवासी, पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रह

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ मंगशिर २०८२, शनिबार

जनकपुर । जनता समाजवादी पार्टी नेपाका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । शनिबार जनकपुरधाममा आयोजित दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटिआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । 

अध्यक्ष यादवले सम्पूर्ण जातजाती भाषाभाषी, धनी, गरीबले समान अधिकार पाउनु पर्ने बताएका छन् । सरकारले कर लिने बेला भेदभाव नगर्ने तर सुविधा दिने बेला भेदभाव गर्ने गरेको अध्यक्ष यादवले बताए । उनले हरेक जात हरेक धर्म रहेक समुदायले समान हक र समान सुविधा पाउनु पर्ने उल्लेख गरे । अध्यक्ष यादवले देशमा विद्यमान गुलामी प्रथा र भेदभाव अनत्य गर्न सबैलाई एक जुट भएर आवाज उठाउन पर्नेमा जोड दिए । उनले पहिला पिछडिएका वर्गहरुका बच्चाहरुलाई शिक्षित बनाउन आवश्यक रहेको बताए । उनले शिक्षित र संगठित हुनको विकल्प नरहेको बताए ।

समान अधिकारका लागि अहिले अझै संघर्ष गर्न बाँकी रहेकोले डिओटिआईएम मा आवद्ध भएर एक अर्कालाई कुनै समस्या परेमा चुप लागेर बस्नुको साटो अगाडि आएर आवाज उठाउन सबैलाई सुझाव दिए । अध्यक्ष यादवले कुनै एक समुदायलाई समस्या भएको खण्डमा अर्को समुदायले चुप लागेर बस्नु नहुने बताए । परिवर्तन चाहने सबैले सबैको समस्यालाई आफ्नो समस्या बुझेर एक अर्काको मद्दत गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर एक दर्जन बढी नेता कार्यकर्ता तथा युवाहरु जसपा नेपालमा प्रवेश गरेका थिए । अध्यक्ष यादवले टिका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार