मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपाल फेसन फेस्टिभलः डिजाइनरका नवीनतम सिर्जनाको प्रश्तुती

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ जेठ २०८१, शनिबार

ललितपुर ।  फेसन नेटवर्क नेपालले सानेपाको हेरिटेज प्लाजामा आयोजना गरिरहेको तीन दिने नेपाल फेसन फेस्टिभलमा शुक्रवार साँझ डिजाइनर रनवे आयोजना गरिएको छ ।

वरिष्ठ कोरियोग्राफर प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा केही साताअघि अडिसनबाट छनोट भएका मोडलहरुले विभिन्न डिजाइनरद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरेका थिए

फेसन शोमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियसहितका कलेजका फेसन डिजाइनिङका विद्यार्थीहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएका थिए ।

नेपाल फेसन फेस्टिभलमा आज शनिवार तथा भोलि आइतवार साँझ पनि फेसन शो आयोजना गरिँदै छ ।

शुक्रवारको फेसन शोमा परी कस्मेटिक्सकी दीपा गुरुङ, ज्वाला राज डिजाइन्स, सिम्रिक डिजाइन्स स्टुडियोकी प्रज्ञा चित्रकार, आइआइएफटी तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएको थियो ।

फेसन शोको पहिलो सिक्वेन्स ‘परी ‘ मा परी कस्मेटिक्सकी दीपा गुरुङले तयार पारेका पहिरनहरुलाई मोडेलहरु प्रकृति, सुरूचि, आयुष्मा, यञ्जु, प्राची, सारा, सिफाली, प्राची एले प्रदर्शन गरेका थिए ।

त्यस्तै, दोस्रो सिक्वेन्स ‘ज्वाला’ मा मेनाल्ड, रोनिश, तौफिक, साइरस, लोकेश, उत्सव, कृषाल, लकी तथा अंकितले विभिन्न पहिरन प्रदर्शन गरेका थिए । यो सिक्वेन्समा रनुशा, एलिशा, कविता तथा दीप्तिले पनि पहिरन गरेका थिए ।

तेस्रो सिक्वेन्समा प्रज्ञाका पहिरनहरुलाई सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरेका थिए ।

चौथो सिक्वेन्समा आइआइएफटीका डिजाइनरले तयार पारेका पहिरनहरूलाई मोडलहरु प्रकृति, सुरुचि, आयुष्मा, यज्जु, याश्ना, प्राची, सारा, सिफाली तथा प्राची एले प्रदर्शन गरेका थिए ।

नमूना कलेजका फेसन डिजाइनरका विद्यार्थीहरूको पहिलो समुहले तयार पारेका पहिरनहरु मेघना, दीप्ति, टीका, निरिश्मा, रुपा, रनुशा, एलिशा, कविता तथा पुरुष मोडेलहरु कृषाल, रोनिष, तौफिक, लोकेशले प्रदर्शन गरेका थिए ।

लोगोका पहिरनहरु भने मिनाल्ड, रोनिष, तौफिक तथा लोकेशले प्रदर्शन गरेका थिए । जुजुका पहिरनहरु भने कृषाल, उत्सव, रोनिश, मेनाल्ड तथा लकीले प्रदर्शन गरेका थिए ।

फेसन शोको अन्तिम सिक्वेन्समा टरी मटियानाका पहिरनहरु सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरेका थिए ।

आज साँझ ६ बजेदेखि प्रारम्भ हुने फेसन शोमा ए रेजभोल, जेबीजी बेसपोक, ईन्टा अटायर, हेमजा, लोगों फेसन तथा नमूना कलेज अफ टेक्नोलोजीका डिजाइनहरु प्रदर्शन गरिँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार