मुख्य समाचार
विशेष अदालतद्वारा पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति | सभापति थापा - मन्तव्य | रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण | सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु | कोटहीमाई गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा | मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून | पाल्हीनन्दनकी उपाध्यक्षको पद गुम्यो, लुम्बिनीका मन्त्रीसहित ५ जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया सुरु | मर्चवारीमाई गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: ४७ करोडभन्दा बढीको बजेट अनुमान | रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी | भारतीय पर्यटकले पोखराका होटल भरिभराउ |

सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु

रासस 557+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

इनरुवा (सुनसरी) ।  बर्जु गाउँपालिका–६ नरहचोक नजिक आज सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

चिमडीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६३५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए । घाइते यादवको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।  

सोही मोटर साइकलको पछाडि सवार उहाँको श्रीमती ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उहाँको विराट नर्सिङहोम मै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत यादव जिल्ला प्रहरी कार्यालय सिरहाका लागि रवाना लिएर गएका थिए । ठक्कर दिने कार र चालक मोरङ कटहरी गाउँपालिका–३ का ५० वर्षीय डा राजेन्द्र चौधरी सुनसरीका प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार