मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

वर्तमान संविधान र व्यवस्था नै समाजवादको वाधक : अध्यक्ष यादव

Ujyalosandeshonline 11564+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

काठमाडौं । समाजवादी मोर्चामा आवद्ध  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको टिप्पणी गरेका छन् ।

मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यादवले वर्तमान शासकिय स्वरुपले समाजवाद निर्माण हुन नसक्ने बताएका हुन् ।

उनले भने, ‘अहिलेको संविधान र व्यवस्था नै समाजवादको पुरै वाधक छ । यसलाई संशोधन गरौं । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हेरिरहेका छौं नि तमासा त भइरहकै छ । यो निर्वाचन प्रणालीले पनि करोडौं खर्च गरेर बल्लतल्ल संसदमा पुग्छन् । तिनिहरुबाट समाजवादको आशा गर्ने ?’

वर्तमान लोकतन्त्रलाई समावेशी र सहभागितामुलक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्ने पनि उनको भनाइ छ ।

समाजवाद निर्माणका लागि सामाजिक असमानता, अन्याय र लैंगिक समस्याहरुलाई हल गर्न आवश्यक रहेको अध्यक्ष यादवले उल्लेख गरे ।

उनले भने, ‘नेपाल बहुराष्ट्रिय मुलुक हो । सबै वर्गको सहभागिता र उनीहरुको पहिचानलाई समाधान गरेर राज्यले वर्षौदेखि सिर्जना गरेका समाजवादलाई उखेलेर नफाल्दासम्म कस्तो खालको समाजवाद हुन्छ ? समाजवाद निर्माणका लागि सामाजिक विभेदको अन्त्य गर्न जरुरी छ । त्यस्तै आर्थिक विकास, समृद्धि र सुशासन महत्वपूर्ण पक्ष हुन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार