मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा झबीलाल भट्टराई

Ujyalosandeshonline 12673+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न झबीलाल भट्टराई थप जिम्मेवारी पाइ आउनु भएको छ ।  

हाल मर्चवारी गाउँपालिकामा कार्यरत रहेका भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिगत २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहीन रहेको कोटहीमाई गाउँपालिकमा थप जिम्मेवारी दिएपछि सोमबारदेखि कार्यभार सम्हालेका हुन् ।

माघ १९ गते मन्त्रालयको निर्णय अनुसार आर्को प्रमुख प्रशासकीयको ब्यवस्था नभएसम्म मर्चवारी र कोटहीमाई दुबै गाउँपालिकाको काम काज गर्ने जिम्मेवारी तोकिएको हो । 

सोमबार कोटहीमाई गाउँपालिकामा गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत भट्टराईले नेपाल सरकारका कर्मचारी भएपछि दिएको जिम्मेवारी पुरा गर्न सबै कर्मचारीको प्रमुख दायित्व रहेको बताए । 

कोटहीमाई गाउँपालिकामा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नआएकोले विकास निर्माण संगै कर्मचारी लगायतका पाउने तलब र सेवा सुबिधा प्रभावित भएकोलाई मध्य नजर गरी काम गर्न आएको उनले बताए । नेपालको कानुन भित्र रही देशको हितमा काम गर्ने बताए ।

प्रमुख प्रशासकीयको स्वागत कार्यक्रमको अध्यक्षता समेत गरेको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले कर्मचारी र जनप्रतिनिधिको सकारात्मक सम्बनधले मात्र पालिकाको विकास हुने बताए । 

।उनले भने ‘कर्मचारी कर्मचारी भएर काम गर्नुपर्दछ र जनप्रतिनिधिले जनप्रतिनिधि भएर काम गर्नुपर्दछ । सबैले आफ्नो जिम्मेवारी, दायित्व र अधिकार बुझेर काम गरिदिए कोटहीमाईमा विकास हुन समय लाग्दैन ।’ केही समयदेखि विभिन्न सेवाहरु अवरुद्ध रहेकोलाई मध्य नजर गरी कामको गतिलाई तिब्र राख्न प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई अग्रह गरेका थिए ।

गाउँपालिका वास संयोजक अजय सिंह क्षेत्रीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा कम्पयुटर अपरेटर सनोज चौधरीले स्वागत मनतब्य राखेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार