मुख्य समाचार
रामपुरमा दीप प्रज्वलन गरी नेपाल संवत् ११४७ को स्वागत | रावनखण्डा खोलाको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम बढ्दै | रुपन्देहीमा पटका पड्काउने ७ जना नियन्त्रणमा | कोप–३१ मा सहभागी हुन अर्थमन्त्री स्वर्णिम वाग्ले टर्कीए प्रस्थान | नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न प्रहरी महानिरीक्षकको निर्देशन | रूपन्देहीमा अवैध भारतीय फूल तथा प्लास्टिकका माला बरामद | अवैध आईफोनसहित दुई भारतीय नागरिक भैरहवाबाट नियन्त्रणमा | नेपाली गाडीलाई भारत लैजान सीमा नाकाबाटै अनुमति दिने तयारी | एकै दिन कुकुरतिहार र लक्ष्मीपूजा: बिहान कुकुरको पूजा, साँझ दीपावली | नवलपरासीमा भन्सार छलीका अवैध सामान बरामद |

रावनखण्डा खोलाको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम बढ्दै

Ujyalosandeshonline 12651+ समाचार ( )
२५ कार्तिक २०८३, मङ्गलबार

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि प्राचीन नन्दन ताल जाने सडकखण्ड अन्तर्गत रावनखण्डा खोलामा रहेको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम तीव्र रूपमा बढेको छ । रामग्राम नगरपालिका–१५ जमुनिया र पाल्हीनन्दन गाउँपालिका–६ सनइको सिमानामा पर्ने उक्त पुल साँघुरो हुनुका साथै दुवैतर्फ सुरक्षाका लागि रेलिङसमेत नहुँदा आवतजावत गर्ने सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पुलको दुवैतर्फ रेलिङ नहुँदा विशेषगरी रातिको समयमा र नयाँ यात्रुलाई आवतजावत गर्न निकै कठिनाइ हुने गरेको स्थानीयले बताएका छन् ।

पुलको बनावट साँघुरो भएका कारण दुईवटा सवारीसाधन एकैपटक ओहोरदोहोर गर्नसमेत समस्या हुने गरेको छ । पुलबाट चिप्लिएर खोलामा खस्ने र घाइते हुने घटना भइसकेको स्थानीय ओमपथ चौधरीले जानकारी दिनुभयो । पूर्वाधार निर्माणका नाममा करोडौँ रुपैयाँ बजेट खर्च हुने गरे पनि सर्वसाधारणको ज्यान जोगाउन आवश्यक पर्ने रेलिङजस्ता सामान्य र आधारभूत संरचनामा ध्यान नदिइएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । विकास निर्माणका क्रममा प्राविधिक मापदण्डसँगै सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ ।

सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरूकै दैनिक आवतजावत हुने मुख्य मार्ग भए पनि पुलको यो जोखिमपूर्ण अवस्थाप्रति ध्यान नदिइएको स्थानीयको आरोप छ । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको पर्यटकीय स्थल नन्दन ताल जोड्ने मुख्य सडककै पुल असुरक्षित रहँदा आन्तरिक तथा बाह्य पर्यटकसमेत जोखिममा पर्ने अवस्था सिर्जना भएको छ । स्थानीयवासीले रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका तथा सडक डिभिजन कार्यालयसम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै पुलमा तत्काल सुरक्षा रेलिङ निर्माण गर्न र साँघुरो पुलको प्राविधिक निरीक्षण गरी स्तरोन्नति गर्न जोडदार माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार