मुख्य समाचार
नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न प्रहरी महानिरीक्षकको निर्देशन | रूपन्देहीमा अवैध भारतीय फूल तथा प्लास्टिकका माला बरामद | अवैध आईफोनसहित दुई भारतीय नागरिक भैरहवाबाट नियन्त्रणमा | नेपाली गाडीलाई भारत लैजान सीमा नाकाबाटै अनुमति दिने तयारी | एकै दिन कुकुरतिहार र लक्ष्मीपूजा: बिहान कुकुरको पूजा, साँझ दीपावली | नवलपरासीमा भन्सार छलीका अवैध सामान बरामद | काग तिहार र धनवन्तरी जयन्ती आज मनाइँदै | "ढुक्कसँग पर्व मनाउनुहोस्, प्रहरी २४ घण्टा सेवामा तयार छ" — इन्स्पेक्टर डम्बर विश्वकर्मा | रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने | एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रद्वारा सेवा प्रारम्भ, चौबीसै घण्टा '१२४७' सञ्चालनमा |

नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न प्रहरी महानिरीक्षकको निर्देशन

Ujyalosandeshonline 12647+ समाचार ( )
२३ कार्तिक २०८३, आइतबार

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले आसन्न चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी प्रभावकारी सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा नेपाल प्रहरी ब्लू प्याभिलियनमा आयोजित निर्देशन सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षालाई चुस्त बनाउँदै नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न आग्रह गर्नुभएको हो।

प्रहरी महानिरीक्षक डा. के.सी.ले सम्बोधनका क्रममा सम्पूर्ण प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता, कडा अनुशासन, जिम्मेवारीबोध र दृढ प्रतिबद्धताका साथ पूर्ण व्यावसायिक एवम् परिणाममुखी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा जनधनको सुरक्षाका लागि प्रहरी थप सजग र सतर्क रहनुपर्ने उहाँको भनाइ थियो। उक्त कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रहरी परिसरका प्रमुखहरू, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, गण तथा गुल्मका प्रमुखहरू लगायत मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार