परासी । नवलपरासीमा प्रहरीले भन्सार छली ल्याइएको अन्दाजी दुई लाख चालिस हजार एक सय तीस रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त मूल्य बराबरका सामान बरामद गरेको हो।
नियन्त्रणमा लिइएका सामानहरूमा किराना सामान, फर्सिको बिउ, सुकेको सिद्रा माछा र बोइलर कुखुरा रहेका छन्। बरामद गरिएका ती सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।