मुख्य समाचार
आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन |

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित

Ujyalosandeshonline 12672+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

मुस्ताङ । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन भएको छ । भारी वर्षा र प्रतिकूल मौसमका कारण शुक्रबारदेखि अवरुद्ध रहेको (पोखरा–जोमसोम) हवाई सेवा तीन दिनपछि सञ्चालनमा आएको हो । जोमसोम नागरिक उड्ययन कार्यालय अनुसार वर्षा रोकिएर मौसममा सुधार आएसँगै निजी वायु सेवा कम्पनी समिट एयरको टवीनअटर जहाजले (पोखरा–जोमसोम) पाँचवटा उडान भरेको छ । कार्यालय प्रमुख विश्वराज शर्माका अनुसार प्रतिकूल मौसमका कारण अवरुद्ध बनेको पोखरा–जोमसोम हवाई सेवा आजदेखि सञ्चालन भएको जानकारी दिनुभयो ।

हवाई सेवा सञ्चालन भएसगै स्वदेशी तथा भारतीय र अन्य मुलुकका हवाई यात्रीहरु मुस्ताङको जोमसोम अवतरण भएका हुन् । मुस्ताङबाट पनि पोखरा जाने हवाई यात्रुहरूको सङ्ख्या उल्लेख्य रहेको प्रमुख शर्माको भनाइ छ । निरन्तरको वर्षा र हिमपातले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकका दर्जनाँै स्थानमा बाढी पहिरोले सडक अवरुद्ध भए पनि मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हवाई सेवा सञ्चालान भएसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई भने केही राहत मिलेको छ । पर्यटकीय याम तथा दसैँतिहारजस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटन क्षेत्रले निकै ठूलो क्षति व्यवहोर्नुपरेको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार