गैडहवातालमा मिनी म्याराथन सम्पन्न, उमेश बरई प्रथम

जगीलाल थापा 30+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

कञ्चन । रुपन्देहीको गैडहवातालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित मिनी म्याराथन दौड प्रतियोगितामा गैडहवा ७ का उमेश बरई प्रथम भएका छन् । उनले ६ हजार २ सय मिटरको दुरी २१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए ।

गैडहवाताल परिसरमा आयोजित प्रतियोगितामा सियारी ३ का बृजेश बरई २१ मिनेट १९ सेकेण्डमा दुरी पार गर्दै द्वितीय भए भने गैडहवा ७ कै सर्वजीत हरिजनले २२ मिनेट २ सेकेण्डमा दौड पूरा गरी तृतीय स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम हुने बरईले नगद ३ हजार ५ सय र मेडल प्राप्त गरे । द्वितीय भएका बृजेशले २ हजार ५ सय र तृतीय भएका सर्वजीतले २ हजार रुपैयाँ पुरस्कार पाए । साथै, चौथो, पाँचौं र छैठौं स्थान हासिल गर्ने निरज बरई, आकाश पुन मगर र मोहन बरईले सान्त्वना पुरस्कार प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले विजेता खेलाडीहरूलाई बधाई दिँदै खेलकुदको माध्यमबाट गैडहवातालको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले तालको आकर्षण बढाउन डुङ्गा मर्मत गरी तत्काल सञ्चालनमा ल्याउने र नयाँ डुङ्गा थप्ने प्रतिबद्धता समेत जनाए । गैडहवा एथलेटिक्स संघ, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले प्रथम, द्वितीय र तृतीय हुने धावकहरुलाई प्रोत्साहन स्वरुप थप १/१ हजार रुपैयाँ प्रदान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार