मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

ऐतिहासिक मदन मेला जेठ १३ देखि

Ujyalosandeshonline 11564+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

तेह्रथुम । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेला यो वर्ष जेठ १३ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । 

विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो वर्ष ढिला गरेर सञ्चालन हुन लागेको हो । यहाँ वि.सं. २०१५ सालदेखि नै मदन मेला लाग्दै आएको इतिहास छ । त्यसबेला मेलामा वरपरका गाउँका बासिन्दा जम्मा भएर मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रमहरु गर्थे ।

द्धन्द्धकालमा केही वर्षहरुबाहेक निरन्तर सञ्चालन भएको मेलालाई पछिल्लो समय स्थानीय सरकारले नेतृत्व गर्दै सञ्चालन गर्ने गरेको छ । यो वर्ष भने प्राविधिक कारणवश मेला सञ्चालनमा ढिलाइ भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए । मेलामा यो वर्ष पनि खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता, स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको आयोजकले जनाएका छन् । 

यो वर्ष मेला सञ्चालनका लागि गाउँपालिकाका उपाध्यक्ष एवम् मदन धारा समितिका सदस्य बलीराज इङनामको अध्यक्षतामा मेला सञ्चालन समिति गठन गरिएको छ । 

मेला आयोजक समितिका अध्यक्ष इङनामले ऐतिहासिकरुपमा हुँदै आएको मेलाको तयारी तीब्ररुपमा भइरहेको बताएका छन् । यो वर्ष पुरुष फुटबलतर्फ विजेतालाई दुई लाख रुपैयाँ र उपविजेतालाई एक लाख ३० हजार रुपैयाँ पुरस्कार राशी तोकिएको छ । 

त्यस्तै, महिला फुटबलतर्फ विजेतलाई ८० हजार र उपविजेतालाई ६० हजार रुपैयाँ तोकिएको छ । स्थानीय तहस्तरीय भलिबल प्रतियोगितामा विजेतालाई ५० हजार र उपविजेतालाई ३५ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । 

स्वर्गीय मदन शमशेरको स्मृतिमा उनकी श्रीमती जगदम्बाले यहाँ खानेपानीको समस्या देखेर धारा, औषधालय र अतिथि भवन स्थापना गर्न सहयोग गरेकी थिइन् । त्यसबेला उनले धारा, औषधालय र भवन सञ्चालनका लागि चलअचल सम्पत्ति समेत हस्तान्तरण गरेको बताइन्छ । त्यहीबेला देखि मदन शमशेरको स्मृतिमा मेला सञ्चालन सुरुवात भएको पाइन्छ । 

अतिथि भवन माओवादी केन्द्रले सशस्त्र द्धन्द्धका बेला ध्वस्त पारेका थिए भने त्यसैबेला आम्दानीका श्रोतकारुपमा रहेका जमीनहरु हडपेपछि औषधालय समेत बन्द भएको थियो । पछिल्लो समय सरोकारवालाहरुले मदन ट्रष्टका रुपमा रहेका सम्पत्तिको संरक्षणको प्रयास गर्दै आएका छन् । तर राज्यको कसिलो अनुगमन र नियन्त्रण नहुँदा त्यसको दुरुपयोग भएको आरोप समेत लाग्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार