मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा नयाँ नियम लागू

Ujyalosandeshonline 12431+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

विराटनगर । ट्राफिक व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले बजारमा आजदेखि नयाँ नियम लागू गरेको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने, ओराल्ने र सामान लोड, अनलोड सम्बन्धी नयाँ नियम लागू गरेको हो ।

मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनलाई बारको आधारमा एकोहोरो पार्किङको व्यवस्था गरिएको छ । आइतबार, मंगलबार र बिहीबार सडकको पूर्वतर्फ र सोमबार, बुधबार र शुक्रबार पश्चिमतर्फ पार्किङ गर्ने नियम बनाइएको छ ।

अटोसहितका तीनपाङ्ग्रे सवारी साधनले बजारका जुनसुकै क्षेत्रमा रहेर यात्रु कुर्न गर्न नपाउने भएका छन् । उनीहरूको पार्किङ क्षेत्र त्रिवेणी चोक, परिचयमोड र बसपार्कलाई तोकिएको छ । 

साना चारपाङ्ग्रे सवारी साधनले बजारमा यात्रु चढाउन र ओराल्न मात्र पाउनेछन् । सामान लोड, अनलोडको पनि समय  निर्धारण गरिएको छ । मालबाहक साधनले बिहान ९ देखि १०ः३० र बेलुका ३ः३० देखि ५ः३० बजे बाहेकको समयमा मात्र सामान लोड, अनलोड गर्न पाउनेछन् ।

धनकुटा बजारमा यसअघि ट्राफिक व्यवस्थापनको बेग्लै नियम थिएन । बजार क्षेत्रमा साँघुरो सडक र बढ्दै गएको सवारी चापका कारण सवारी आवतजावतमा समस्या देखिन थालेपछि व्यवस्थापनका लागि नयाँ नियम लागु गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउँछन् ।

‘बजारको सडक साँघुरो छ, गाडीहरू बढिरहेका छन्, त्यसमाथि सडकको दुवैतर्फ पार्किङ गरिदिनाले आवतजावतमा समस्या हुन थालेपछि नयाँ नियम लागू गरेका छौं,’ मेयर तामाङले भने, ‘यो नियमले सवारी आवतजावत केही हदसम्म सहज हुन्छ भन्ने लागेको छ ।’

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सवारी व्यवस्थापनको प्रयास थालेको हो । यसअघि प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहितको टोलीले ट्राफिक व्यवस्थापनका लागि बजारको स्थलगत अनुगमन पनि गरेको थियो ।

नियम कार्यान्वयनका लागि अहिले बजार क्षेत्रमा नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ । नयाँ नियम भएकाले सुरुवाती चरणमा सवारी धनीहरूलाई सम्झाउने र त्यसपछि मात्र जरिवानाको प्रकृयामा जाने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए । 

उनका अनुसार अब बजार क्षेत्रमा पार्किङ क्षेत्र तोकेर लाइन कोरिने र बोर्डहरू राखिनेछ । त्यसपछि पनि अटेर गरेर नियम उल्लंघन गर्नेलाई जरिवाना तिराउने तयारी गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार