मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

मधेश प्रदेशको बजेटमा सांसद भन्दा बिचौलियाको योजना बढी : सांसद यादव

Ujyalosandeshonline 12444+ समाचार ( )
११ असार २०८२, बुधवार

जनकपुर । जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिस यादवले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलियाको योजना बढी रहेको आरोप लगाएका छन् । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै सांसद यादवले बजेटमा बिचौलियाको योजना सांसदले दिएको योजना भन्दा बढी रहेको रेड बुकले अक्षरस्त प्रमाणित गरेको बताएका हुन्। 

उनले योजना बाँडफाँटमा मन्त्रीहरुले खुलेआम मनमौजी गरेको आरोपसमेत लगाएका छन् । सांसद यादवले बजेटमा बहुवर्षीय र दिर्घकालीन योजनहरु समेटिनुको साटो पूर्व सरकारले बनाएको ट्रयक भन्दा अहिलेको प्रदेश सरकार एक पाइला पनि अघि बढ्न नसकेको बताए । 

उनले जटहीदेखि जनकपुर र भिठ्ठामोडदेखि जनकपुरसम्म कंन्क्रिटको देवाल निर्माण गरी मिथिला पेन्टिङको प्रवद्र्धन गर्न डिपिआर तयार गने प्रदेश सरकारले बजेट हालेको कुरा हास्यास्पद रहेको बताए । उनले यो खुलेआम पैसा खोन मधेश प्रदेश सरकारको मनसाय झल्काएको आरोप लगाएका छन् ।

सांसद यादवले हरित प्रदेश बनाउनुको साटो मधेश प्रदेश सरकारले कंन्क्रिट प्रदेश बनाउन खोजेको बताए । मधेश प्रदेशका जनताले चाहेको र अपेक्षा गरेको कुनै कुरा बजेटमा समावेश नगरिएको सांसद यादवले बताए ।  उनले अहिले विनियोजन विधेयक पास हुन बाँकी रहेकाले अहिले पनि बजेटमा परिमार्जन गर्न सकिने सुझाव दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार