मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |
मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |


प्राकृतिक शीतभण्डारमा किबी

Ujyalosandeshonline 12433+ समाचार ( )
२३ मंगशिर २०८२, मङ्गलबार

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आउनुभएको छ । उत्पादनको याममा सकिएपछि बजारमा पु¥याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बर बढी हुने र स्वाद उस्तै रहने गरेको छ । किबीको व्यावसायिक खेतीको शीप सिक्न विसं २०७६ मा इलाम पुग्नुभएका राईले प्राकृतिक शीतभण्डारमा किबी राख्न सकिने थाहा पाउनुभएको थियो । चार वर्षअघि शीतभण्डार निर्माण गरेपछि राईले चार महिनादेखि छ महिनासम्म किबी भण्डारण गरी बजारमा लैजाने गर्नुभएको छ । 

“मेरो अनुभवमा जमिनअनुसार शीतभण्डार बनाउन सकिन्छ । मौसमका कारण कतिपय ठाउँमा यहाँ जसरी नटिक्न सक्छ”, उहाँले भन्नुभयो, “मेरो जग्गा आफैँमा चिसो ठाउँमा छ । यहाँ प्रत्यक्ष घामले नभेट्ने हुँदा शीतभण्डारले काम दिएको छ । मेरो जग्गा त उत्तम छ जस्तो लाग्छ ।” प्राकृतिक शीतभण्डार जमिनमा खाडल खनेर काठ विच्छ्याइ बनाइएको छ । जहाँ क्यारेटमा किबी राखिन्छ भने पानीबाट जोगाउन त्रिपालले ढाकिएको छ । राईका अनुसार मङ्सिरमा भण्डारण गरिएको किबी वैशाख÷जेठसम्म उस्तै रहन्छ । 

राईको प्राकृतिक शीतभण्डारमा ६० क्यारेटसम्म किबी अट्छ । “भविश्यमा प्राकृतिक शीतभण्डार नै ठूलो र एकदमै आकर्षक बनाउने मेरो सपना छ”, उहाँले भन्नुभयो, “शीतभण्डारमा विद्युत् प्रवाह अनियमित हुने हुँदा बिग्रन सक्ने भए पनि यहाँ प्राकृतिक चिसोका कारण कुनै समस्या आएको छैन ।” उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा किसानको विजोक हुने गरेको भए पनि आफूलाई प्राकृतिक शीतभण्डारले राहत दिएको किसान राईले बताउनुभयो । फागुनभन्दा पछाडि राम्रो मूल्य पाउने भएपछि शीतभण्डारमा राखिएको किबी बिक्री गर्ने गरेको उहाँको भनाइ छ । 

शीतभण्डार नरहेका स्थानका कृषकहरुले हावापानीलाई विचार गरेर प्राकृतिक शीतभण्डार निर्माण गरेर परीक्षण गर्नुपर्ने उहाँको सुझाव छ ।  उत्पादनको सिजन सकिएपछि किबी बजारमा पु¥याउँदा मूल्यमा तेब्बर बढीसम्म अन्तर पर्छ । “यस वर्ष किबी फालाफाल छ । मैले शीतभण्डारमा नअट्ने किबी सुरुमै बिक्री गरें । बाँकी रहेको किबी शील भण्डारमा राख्दै छु”, राईले भन्नुभयो, “अहिले प्रतिकिलो रु ६० मूल्य पाउने ‘बी’ ग्रेडको किबी चैत महिनाभन्दा पछाडि प्रतिकिलो रु १५० सम्ममा बिक्री हुन्छ ।” प्रतिकिलो रु १०० सम्म बढी मूल्य पाउँदा प्राकृतिक शीतभण्डार राईका लागि बरदान बनेको छ । 

प्राकृतिक शीतभण्डारमा मुसाले दुःख दिने गरेको उहाँको भनाइ छ । मुसाले खाएपछि किबी पाक्ने र गन्हाउने समस्या हुने गरेको छ । “मुसाबाट जोगाउन सकियो भने मूल्य राम्रै पाउँछ”, राईले भन्नुभयो । जिल्लामा उत्पादन हुने वस्तु भण्डारणका लागि शीतभण्डार निर्माण हुन नसक्दा कृषकहरुले उत्पादन लगत्तै सस्तो मूल्यमा सामग्री बिक्री गर्नुपर्ने बाध्यता झेल्दै आएका छन् ।

राईले करिब १५ रोपनी क्षेत्रफलमा २०० बोट किबी लगाउनुभएको छ । जसमध्ये करिब ४० बोटले उत्पादन दिइरहेका छन् भने बाँकी नयाँ बिरुवा छन् । किबीबाट बर्सेनि रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएका राईले आगामी वर्षमा किबीबाट थप आम्दानी हुने अपेक्षा राख्नुभएको छ । राईले हेवार्ड जातिको किबी धेरै रोप्नुभएको छ । उक्त जातिको किबीको बिरुवा धेरै समय टिक्ने गर्दछ । पूर्वी नेपालमा किबी रोपण सुरु भएपछि सुरुआतमा राम्रो मूल्य थियो । आकर्षक मूल्यकै कारण धेरै कृषकहरुले किबी रोपेपछि उत्पादनमा वृद्धि हुँदा मूल्य बर्सेनि घट्दै गएको छ । यद्यपि परम्परागत बालीभन्दा किबीबाट धेरै आम्दानी भने हुने गरेको राईको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार