मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव: नेपालमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह | गरुडाको मेयरमा कांग्रेस नेत्री रंगीला देवी जयसवालद्वारा उम्मेदवारी घोषणा | बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न | दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे | कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल | एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार | सांसद पौड्यालद्वारा मानवसेवा आश्रममा आश्रितहरूसँग दशैंको खुसी साटासाट | अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा | धनुषामा श्रीमान्–श्रीमती मृत फेला | विश्व पोलियो दिवस: भैरहवामा जनचेतनामूलक र्‍याली सम्पन्न |

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

Ujyalosandeshonline 12589+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९ करोडभन्दा बढीको कृषि उपज निकासी भएको छ । झापाको काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु, जडिबुटीलगायत गरी २५ हजार ४० मेट्रिकटन सामग्री निकासी भएको हो ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार कृषि उपजसहितका वस्तु मुख्य रुपमा भारत, बंगलादेशलगायत मुलुकका लागि निकासी भएका हुन् ।

उल्लेखित परिमाणमध्ये सबैभन्दा बढी चिया निकासी भएको तत्यांक छ । कात्तिकदेखि पुससम्मको अवधिमा एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको कार्यालयले जनाएको छ ।

यसबाहेक अलैँची, अम्लिसो, प्लाइउड र अदुवाजस्ता सामग्री निकासी भएको हो । यो अवधिमा ९८ करोड ९६ लाखभन्दा बढीको अलैँची निकासी भएको छ भने ५३ करोड १२ लाख ६५ हजारको १५ हजार मेट्रिक टनभन्दा बढी प्लाइउड निकासी भएको छ ।

यसैगरी, ३० करोड ४६ लाख ४० हजारको दुई हजार ३८० मेट्रिकटन अदुवा र १३ करोड ८१ लाख २० हजारको एक हजार १५१ मेट्रिक टन अम्लिसो निकासी भएको तथ्यांक छ ।

यस्तै, एक करोड ७२ लाख ६२ हजारको १२६ मेट्रिकटन मुसुरो दाल, २० लाख ४८ हजारको १२८ मेट्रिकटन बन्दाकोभी र २९ हजारको दुई मेट्रिक टन मूला भारत निर्यात भएको उक्त कार्यालयले जनाएको छ । 

जडिबुटी निकासी पनि उल्लेख्य देखिएको छ । उक्त अवधिमा ९४ लाखको ४७ मेट्रिक टन चिराइतो, एक लाख बराबरको एक मेट्रिक टन पिपला, दुई लाख ९५ हजारको अढाइ मेट्रिक टन अमला निकासी भएको छ ।

यसैगरी, दुई लाख ५० हजारको दुई मेट्रिक टन मजिटो, एक लाख ९८ हजारको दुई मेट्रिकटन सुगन्ध कोकिल, तीन लाख ५० हजारको १० मेट्रिकटन धूपी, ६ लाख ९० हजार ६ मेट्रिकटन पदमचाल र ३९ हजारको एक मेट्रिकटन चुत्रो निर्यात भएको क्वारेन्टिाइन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार