मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अबको बजेट महिला मैत्री हुने : मन्त्री जयसवाल

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

जनकपुर । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेश सरकार महिला सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन र समग्र विकासमा केन्द्रित नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित तरकारी तथा बाख्रा क्षेत्रमा संवेदनशील मूल्य श्रृंखला प्रमाणीकरण कार्यक्रममा उनले महिलालाई लक्षित योजनाहरूलाई आगामी बजेटमा विशेष प्राथमिकता दिइने जानकारी दिए । ‘अब महिलालाई अघि ल्याउने, सक्षम बनाउने र उनीहरूको सहभागिता सुनिश्चित गर्ने समय आएको छ,’उनले भने । 

मधेशमा कृषिको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मन्त्री जयसवालले महिलालाई कृषि, लघु उद्यम, सीप विकास र स्वरोजगारमुखी कार्यक्रमहरूमा सहभागी गराउने तयारी भइरहेको बताए । नेपालमा विद्यमान ३३ प्रतिशत महिला आरक्षणलाई मधेश प्रदेशले ५० प्रतिशतमा र्पुयाएको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक कदम भने । 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय श्रम संगठन आ.एल.ओ नेपालबीच ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रमको दोस्रो चरण संचालन गर्न ६ महिनाको सम्झौता भएको जानकारी गराइएको थियो । सम्झौताअनुसार जनकपुरधाममा कृषि मूल्य शृंखला मूल्यांकनको आवासीय कार्यशाला आयोजना गरिनेछ, जसमा प्रदेश सरकारको प्रतिनिधि सहभागी हुने अनुरोध गरिएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेशका अध्यक्ष अशोक तेमानी, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, सचिव चुडामणि फुयाल, डिवि बस्नेत, सुरेन्द्र भण्डारीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार