मुख्य समाचार
रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन |

भारतबाट मधेश प्रदेशका ८ जना किशोरको उद्धार

Ujyalosandeshonline 12445+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

जनकपुर । वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट मधेश प्रदेशका विभिन्न जिल्लाका आठ जना किशोरहरुको उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको छ । राम्रो तलब पाउने प्रलोभन देखाई बन्धक बनाएर नेटवर्किङ विजनेसको तालिम दिइरहेको बेला, उद्धार गरिएको आठ जनासहित पाँचसय जना बढी व्यक्तिहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई पक्राउ गरी छानविन गर्दा सबै बालक १८ वर्ष भन्दा कम उमेरको र प्रलोभनमा परेर आएको खुलासा भएको थियो । त्यसपछि उनीहरुलाई भारतस्थित एक सुधारगृहमा लगेर राखिएको थियो ।जानकारी अनुसार भारतको दिल्लीस्थित किन इन्डिया संस्थाका नवीन जोशी र मधेश प्रदेशस्थित राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोको पहलमा बिहीबार ती किशोरहरुको उद्धार गरी परिवारजनको जिम्मा लगाइएको छ ।

उद्धार गरिएका किशोरहरु धनुषाको जनकपुरधाम वडा नं. २० रुपैठाका १४ वर्षीय अताबुल राइन, धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. २ का १६ वर्षीय मुस्तफा राइन, धनुषाकै धनुषाधाम नगरपालिका वडा नं.२ जुगेश्वरपुरका १७ वर्षीय लक्ष्मण कुमार मण्डल, धनुषाकै धनौजी गाउँपालिका वडा नं.०५ का १७ वर्षीय सलाउदिन राइन, धनुषाकै जनकपुरधाम उपमहानगरपालिका वडा नं.२० रुपैठाका १७ वर्षीय मो.दिलसाख शेख रहेका छन् ।

त्यस्तै महोत्तरीको पररिया थाना कांतिबजारका १६ वर्षीय अमरेश कुमार र महोत्तरीकै जलेश्वर नगरपालिका वडा नं.०७ का १४ वर्षीय रवि किसन महरा रहेका छन् । त्यस्तै, नरह गाउँपालिका वडा नं.१ का १६ वर्षीय प्रविण कुमार दासको पनि उद्धार गरिएको राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोले जानकारी दिए ।

उद्धार गरिएका किशोरहरुसहित ५६८ जनालाई रक्सौलस्थित दुईवटा नीजि अपार्टमेन्टमा राखेर नक्कली कम्पनी वीनमेकरको आडमा नेटवर्किङ विजनेसको तालिम दिइरहेको अवस्थामा फेला परेका थिए । उनीहरुलाई सो नक्कली कम्पनीका कर्मचारीहरुले अन्य चिनजानकाहरुलाई राम्रो पैसा कमाउने प्रलोभन दिएर रक्सौल बोलाउन लगाउने कार्य गराएको किन इन्डिया संस्थाका नवीन जोसीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार